हिसार । छत्रदेव गाउँपालिका वार्ड नं १ अर्घाखाँची जिल्ला निवासी चेत नारायण ज्ञवालीका छोरा तथा अखिल भारत नेपाली एकता समाज हिसार नगर समितिका सदस्य श्री छबिलाल ज्ञवालीको वर्ष ४६ वर्षको उमेरमा असामयिक निधन हुन पुगेको छ ।
उनको निधनमा अखिल भारत नेपाली एकता समाजले श्रद्धाञ्जली प्रकट गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ । उनी २३ मई २०२४ का दिन साइकिलिङ गरिएको समयमा बाइकले हानेर दुर्घटनामा परेका थिए ।
निजलाइ उपचारको लागि साप्रा हस्पिटलमामा भर्ना गरिएको थियो । २४ मई २०२४ का दिन उपचारको क्रममा निजको हस्पिटलमा दुखद निधन भएको थियो । निजको दुखद निधनले एकता समाजलाई ठूलो क्षति पु¥याएको एकता समाजले जनाएको छ ।
प्रहरी प्रशासन र हस्पिटलमा पोस्टमार्टमको कार्य पछि निजको अन्तिम दाहसंस्कार आफन्तजन र एकता समाजका साथीहरूको उपस्थितिमा हिसारमा गरिएको थियो ।
निजको शवयात्रामा सहभागी हुनेहरूमा अखिल भारत नेपाली एकता समाजका केन्द्रीय सदस्य श्याम बहादुर बिक, हिसार नगर अध्यक्ष श्री जुक्त बहादुर कुँवर, नगर सचिव रुद्र बहादुर थापा, केन्द्रीय विद्यार्थी सदस्य श्री भरत कुमार धमला, आजाद नगर एरिया अध्यक्ष दिनेश उपाध्याय, १५ सेक्टर एरिया समितिका अध्यक्ष श्री हरि बहादुर खत्री लगायत नगर समितिका सदस्यहरू, विभिन्न भाइचारा संगठनका शुभ चिन्तकहरूको पनि उपस्थिति थियो ।
निजको सम्मानमा एक मिनेट मौनधारणका साथै केन्द्रीय सदस्य श्याम बहादुर बिकले शोक मन्तव्य राख्न राखेका थिए ।
एकता समाजका सदस्य छविलाल ज्ञवाली प्रति श्रद्धाञ्जली
Comments

