विदाई कार्यक्रम सम्पन्न

बेङलोर । अखिल भारत नेपाली एकता समाज बेङ्गलोर दक्षिण नगर समितिले  निर्मल पाण्डेको विदाई २३ जुन २०२४ तदनुसार २०८१ साल असार ९ गतेका दिन  सम्पन्न गरेको  छ ।कार्यक्रमको उद्घोष समितिका सचिव राम दत्त पाण्डे, अध्यक्षता ग्रहण समितिका सदस्य शिव राम विकले गरेका थिए ।
प्रमुख अतिथि केन्द्रीय उपाध्यक्ष किसन बहादुर बिक, विशेष अथिति केन्द्रीय सचिव रामसिंह बिक, महिला केन्द्रीय विभागकी सदस्य ज्ञानमती बिक, महिला क्षेत्रीय विभाग कि मिना बिक, महिला नगर विभागकी सचिव कलावती दयाल, हाँक साप्ताहिकका सम्वददाता करन दयाल, रक्तिम सांस्कृतिक अभियानका केन्द्रीय सदस्य गणेश विकको, मन्तव्य रहेको थियो । मन्तव्य राखने क्रममा आ आफ्नो तर्फबाट निर्मल पाण्डेमाथि भएको दुर्घटना प्रति दुःख व्यक्त गर्नुका साथै यस्ता घटनाहुनबाट सचेत हुन यात्रा गरिरहेका सम्पूर्ण श्रमजीवी नेपाली दाजुभाई दिदीबहिनीहरूलाई  अनुरोध गरिएको थियो।यात्रा गरिरहेका यात्रीहरूले अपरिचित व्यक्तिले दिएका खाद्य पदार्थ तथा पिए पदार्थको सेवन नगर्न सल्लाह दिँदै उहाँको यात्रा सफलताको हार्दिक शुभकामना दिएका थिए ।
जिल्ला बैतडी पाटन नगरपालिका वार्ड ७ रूपल्ली निवासी हाल बसाई सराई कैलाली उपमहानगरपालिका वडा नंबर २ टिकापुर बस्ने लक्ष्मण पाण्डेको जेष्ठ पुत्र निर्मल पाण्डे रोजगारीको लागि नेपालबाट दक्षिण भारत बेङ्गलोर आउने क्रममा आद्र प्रदेशको काजिपेट रेलवे स्टेशनमा त्यहाँका स्थानीय अटो चालक संग ए टी एम बाट पैसा निकालेको र ए टी एम बाट स्टेशन आई पुग्दा उहाँको मानसिक सन्तुलन गुमाएको र त्यहाँका गुण्डा र लुटेराहरुले पाण्डे निर्मललाई बेहोस बनाएर उहाँसंग भएको पैंसा र झोला कपडा सहित लगेर अर्द्धनग्न अवस्थामा छाडेर गएका थिए । सोही अवस्थामा निर्मल पाण्डेका आफन्तीहरुको जानकारीमा एकता समाजले उद्धारकार्य गरेको थियो ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित