उत्तर भारत क्षेत्रको एकता अधिवेशन सम्पन्न

इलाहाबाद, भारत । अखिल भारत नेपाली एकता समाज उत्तर भारत क्षेत्रीय समिति र अखिल भारत प्रवासी नेपाली एकता समाज राज्य समितिको एकता अधिवेशन सम्पन्न भएको छ । २८ जुलाई २०२४ का दिन एकता अधिवेशन इलाहावादमा सम्पन्न भएको हो । उक्त कार्यक्रमको अध्यक्षता खिमानन्द न्यौपानेले गर्नु भएको थियो । अतिथिको आशन ग्रहण पछि सहिदहरूको सम्झनामा एक मिनेट मौनधारण गरिएको थियो । उपस्थित जनमानसलाई शब्दद्वारा हरेन्द्रनाथले स्वागत गर्नु भएको थियो ।
प्रमुख अतिथि अखिल भारत नेपाली एकता समाजका केन्द्रीय सदस्य श्री खगेश्वर शर्माले दीप प्रज्वलन गरी एकता अधिवेशनको उद्घाटन गर्नु भयो । एकता अधिवेशन सफलताको शुभकामना दिनेहरूमा अखिल भारत नेपाल एकता समाजका केन्द्रीय सदस्य तथा कानपुर नगर अध्यक्ष गोविंद विक, इलाहाबाद नगर अध्यक्ष ओम बहादुर थापा, रक्तिमबाट माया परियार र जीवन न्यौपाने रहनुभएको छ । प्रमुख अतिथिले उत्तर भारत क्षेत्रीय समितिको प्यानल घोषणा समेत गर्नु भएको थियो ।
अधिवेशनले खिमानन्द न्यौपानेको अध्यक्षतामा २५ सदस्यीय उत्तर भारत क्षेत्रीय समितिको गठन गरेको छ जसमा उपाध्यक्षमा बसन्त ओली, सचिवमा धनविर सुनार, सहसचिव गोविंद घिमिरे र कोषाध्यक्षा हरेंद्रनाथ रहनुभएको छ । समितिको सदस्यहरुमा सदस्य पम्फा न्यौपाने, टेक बहादुर खाम्चा, ओम बहादुर थापा, रोहित राना, माधव सापकोटा, ईन्द्र ओली, महादेव थापा, विकास थापा, आलोक शर्मा, सोम बहादुर थापा, टेक बहादुर दगाल, माया परियार, राजु शर्मा, हुमा थापा, गोविंद विक, सर्लाभ, खिना सुनार र धनिराम सुनचेरी रहनु भएको छ भने समितिको एक स्थान रिक्त रहेको छ । नव गठित क्षेत्रीय समितिलाई प्रमुख अतिथि खगेश्वर शर्मा र पम्फा न्यौपानेले बधाइ दिनु भएको थियो ।
एकता अधिवेशनले कार्यालय र सचिवालयको पनि गठन गरेको छ भने कार्यक्रमको संचालन धनवीर सुनारले गर्नु भएको थियो । कार्यक्रममा रक्तिम साँस्कृतिक अभियानका कलाकारहरुले गीत संगीत प्रस्तुत गर्नुभएको थियो ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित