भारतको केरलामा भीषण पहिरो

भारत   भारतको केरलामा भीषण पहिरोभारतको केरलामा भीषण पहिरो गएको छ ।पहिरोमा परी ४० जनाको ज्यान जानुको साथै ७० जना घाइते भएका छन् भने १०० जना जति हराईरहेको अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन् ।भारतको केरलाको वयनड जिल्लाको मेपडिका अधिकांश स्थानहरुमा लगातार वर्षाको कारण पहिरो गएको छ ।जुलाई ३० रातको समय अर्थात मंगलबार विहानदेखि पहिरो जान थालेको हो । पहिरोले ठाउँहरु नराम्ररी प्रभावित भएका छन् । भारी वर्षा र पहिरोका कारण उद्धार कार्य प्रभावित भैरहेको छ। उद्धारकोलागि २०० सेना परिचालन गरिएको छ । उद्धारकालागि सरकारले हवाई फोर्स , प्रहरी , ड्रोनको परिचालन गरेको स्थानीय अधिकारीहरुले बताएका छन् । पहिरोले सडक तथा पुलहरुमा क्षति पु¥याएको छ ।हिले पहिरो भएका कारण उद्धारमा कठिनाई भएको भएको छ ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित