काठमाण्डौ । प्यालेष्टाइनी लडाकु समुहको राजनीतिक विभागका प्रमुख इसमाइल हनियाको इरानको राजधनी तेहरानमा हत्या भएको छ । जुलाई २१, २०२४ तारिखका दिन विहानको समयमा विस्फोटबाट उनको हत्या भएको हो ।इरानी राष्ट्रपतिको सपथ समारोहमा सहभागी भई गेष्ट हाउसमा फर्केपछि उनी सहित उनको सुरक्षामा सहभागीको हत्या भएको हो ।ड्रोन आक्रमणबाट हत्या गरिएको छ । उनको दाहसंस्कार कतारको दोहा नजिकै दक्षिण भागमा रहेको लसिलमा गरिने अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन् । उनको हत्या पछि मध्यपूर्वमा तनाव बढ्नेमा विश्व चिन्तित रहेको छ । हमासलाई सक्ने भन्दै इजरायलले प्यालेष्टाइनमा अन्धाधुन्द आक्रमण जारी राखेको छ । हमासले पनि उनको हत्या भएको पुष्टि गरेको छ ।
Comments

