बेंङलोर, भारत । अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रीय समिति अन्तर गत बेंगलोर पुर्व नगर संगठन समितिको १८ अगष्ट २०२४ का दिन नारायणपुरामा नेपाली मजदुरहरूको भेला सम्पन्न भएको छ ।
सन्तोष शाहीको पहल र समाजका दक्षिण भारत क्षेत्रीय सदस्य राजेस विष्ट, तिल्सरा विष्ट र पूर्व नगर अध्यक्ष नारायण देवकोटाको विशेष उपस्थितिमा १७ जनाको बि नारायणपुरा एरिया समिति गठन गरिएको छ । समितिको अध्यक्षमा मन्जु धामी, उपाध्यक्षमा रचना भण्डारी र प्रदिप खडका, सचिवमा सन्तोष शाही, सह सचिव भजन भण्डारी र कोषाध्यक्षमा देवी भण्डारी रहेका छन् । समितिको सदस्यहरुमा सविता शाही, पवन खत्री, पुरन थापा, ललिता शाही, प्रकास क्षेत्री, राकेश खत्री, पुजा खत्री , सर्मिला रावल, आयुस तिमिल्सना, ममता तिमिल्सना, रमेश मल्ल र सन्जु शाही रहेका छन ।समितिलाई अखिल भारत नेपाली एकता समाजका क्षेत्रीय सदस्य राजेश विस्ट र नगर अध्यक्ष नारायण देवकोटाले नवनिर्वाचित समितिलाई स्वागत मन्तव्य तथा बधाई दिदै शुभ कार्यकालको शुभकामना दिएका थिए ।

