वेङलोर । अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रिय समिति अन्तर गत बेंगलोर पुर्व नगर संगठन समिति महिला विभागको आयोजनामा २०८१ सालको प्रगतिशील हरितालिका तीजि कार्यक्रम भव्य एवम् सानदार रुपमा सम्पन्न भएको छ । बेंगलोरको शहर महादेव पुरामा मनाएका कार्यक्रमको आयोजना गरिएको थियो ।सुनिता बुढामगरको संचालन र अध्यक्ष ममता बुढा मगरको रहेका थिए ।

अतिथिहरूलाई शब्दबाट स्वागत सन्तोष शाहीले र साँस्कृतिक अभियानका कलाकारहरूले गीत संगितबाट स्वागत गरेका थिए । कार्यक्रममा प्रमुख अतिथि अखिल भारत नेपाली एकता समाजका सचिव रामसिह वि क केन्द्रीय सदस्य तथा कर्नाटाका राज्य हाँक रिपोटर करन दयाल ,केन्द्रीय सदस्य गणेश वि .क, ज्ञानमति वि.क., कलावति दयाल मिना वि.क., राजेश विस्ट ,क्षेत्रिय सदस्यहरू तिल्सरा विस्ट नारायन देवकोटा अतिथि रहेका थिए। प्रमुख अतिथि अखिल भारत नेपाली एकता समाजका केन्द्रीय सचिव रामसिह वि.क ले प्रमुख अतिथिको आसनबाट बोल्दै महिला दिदिबहिनीहरूले चुलो चौको मात्रै नभएर देशको क्रान्तिमा महिलाहरू अग्रपंक्तिमा रहेका छन ।यसलाई निरन्तरता राख्न महिलाहरू नै सचेत हुनुपर्छ भन्ने धारणा राखे ।

