नेपाललाई जर्मनीको ७ अर्ब अनुदान

२१ भदौ, काठमाडौं । नेपाल सरकारलाई जर्मनीले ७ अर्ब ६१ करोड बराबरको अनुदान दिने भएको छ ।नेपाल सरकार र जर्मनी सरकारकारबीच विकास सहायता सम्बन्धी द्विपक्षीय वार्ता जर्मनीको राजधानी बर्लिनमा सम्पन्न भएको छ । वार्तामा जर्मनी सरकारको तर्फबाट आगामी दुई वर्षका लागि वित्तीय र प्राविधिक सहायता परिचालन गर्ने सहमति भएको छ ।
सो सहायता रकम नेपालमा गुणस्तरीय स्वास्थ्य क्षेत्र पूर्वाधार एवम् स्वास्थ्य सेवाको पहुँचलाई सर्वसुलभ बनाउने, हरित एवम् नवीकरणीय ऊर्जाको विकास तथा प्रवर्द्धन गर्ने, तहगत सरकारका विभिन्न निकायहरूको संस्थागत सुदृढीकरण गर्ने, आर्थिक सामाजिक विकास लगायतको क्षेत्रमा परिचालन गर्ने सहमति भएको हो । नेपाललाई विश्वभरिबाट नै अनुदान तथा सहयोगको सहमति हुने सम्झौता हुने गर्दछ ।तर त्यो अनुदान सहयोग सिमित स्थानहरुमा मात्रै पहुँचवालाले मात्रै प्रयोग गर्ने सही सदुपयोग गर्न नसक्ने जस्ता समस्याहरु रहेका छन।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित