हैदरावादमा प्रगतिशील तीज कार्यक्रम सम्पन्न

हैदरावाद । तेलंगनाको हैदरावादमा तीज कार्यक्रम सम्पन्न भएको छ ।अखिल भारत नेपाली एकता समाज मध्य दक्षिण क्षेत्रीय महिला विभाग आयोजनामा महिलाहरूको चाड हरितालिका तीज कार्यक्रम ६ सेप्टेम्बर २०२४ का दिन सम्पन्न भएको हो ।

कार्यक्रमको संचालन कोपिला धिमालले गरेकी थिईन् भने अध्यक्षता दिलमाया थापाको रहेको थियो । अतिथिको आशन ग्रहण पछि सहिदहरूको संझनामा एक मिनेट मौनधारण गरिएको थियो । उपस्थित जनमानसलार्इ शब्दबाट सपना चापागार्इ र संगित बाट रक्तिमका कलाकारहरूले स्वागत गरेका थिए । प्रमुख अतिथि अखिल भारत नेपाली एकता समाजका केन्द्रीय अध्यक्ष आनन्द थापाले व्यानर वाचन गर िप्रगतिशील तीज कार्यक्रमको उदघाटन गरेका थिए ।

कार्यक्रमको सफलताको शुभकामना दिनेहरूमा समाजका केन्द्रीय सदस्य तथा क्षेत्रीय अध्यक्ष कृष्णा पौडेल, केन्द्रीय सदस्य मनोहर पौडेल, रामु शर्मा, पशुपति शर्मा, राम प्रसाद पौडेल, टिकाराम भुल, विक्रम विसी, पदम कार्की, माया परियार, र गोविंद बहादुर केसी रहेका थिए । कार्यक्रममा महिलाहरूले नेपाली कला संस्कृतिको झल्को आउने गरि गीत र नृत्य प्रस्तुत गरेका थिए । साथै महिलाहरूलार्इ समाजको तर्फबाट दर खुवाउने कार्यक्रमको पनि आयोजना गरिएको थियो।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित