प्रागराज । अखिल भारत नेपाली एकता समाज महिला विभाग प्रयागराज (इलाहाबवद) नगर समितिको आयोजनामा हरितालिका तीज कार्यक्रम ६ सेप्टेम्बर २०२४ का दिन सभ्य र भव्यताका साथ सम्पन्न भएको छ। यस कार्यक्रमको अध्यक्षता महिला विभागकी अध्यक्ष यास्मिन मियाले गरेकी थिईन । भने कार्यक्रमका प्रमुख अतिथिको आसन ग्रहणअखिल भारत नेपाल एकता समाजका केन्द्रीय उपाध्यक्ष खिमानन्द न्यौपानेको रहेको थियो।

त्यसैगरी अतिथिमा अखिल भारत नेपाली एकता समाजका नगर अध्यक्ष ओमबहादुर उपाध्यक्ष आलोक शर्मा ,नेपाली धर्म समाजका महिला विभागकी अध्यक्ष विष्णु शर्मा उपाध्यक्ष विष्णु भट्टराई विशिष्ट अतिथि महामण्डलेश्वर कौशल्यानन्द गिरी (टिनामा) को रहेको थियो। केन्द्रीय सदस्य श्रीमती पम्फा न्यौपाने स्वागत भाषणबाट सम्पूर्ण उपस्थित जनमानसलाई शुभकामना तथा स्वागत रहेको थियो । कार्यक्रमको उद्घाटन प्रमुख अतिथिबाट दीप प्रज्ज्वलित गरी र नेपाली राष्ट्रिय गान सँगसँगै सुरुवात भएको थियो। ज्ञात अज्ञात सहिदहरूप्रति एक मिनेटको मौनधारण रहेको थियो। नगरवासी दाजुभाई दिदीबहिनीहरूको ठूलो सङ्ख्यामा उपस्थिति रहेको थियो। यस कार्यक्रमको सञ्चालन नगर सचिव हरेन्द्रनाथले गरेका थिए ।

महिलाहरूले तीजका मार्मिक गीत र नृत्य प्रस्तुत गरेर सयौं जनसमुदायको मन जितेका थिए । अन्तमा उपस्थित सम्पूर्ण दाजुभाई ,दिदीबहिनी, आमाबुवा, देशप्रेमी ,बुद्धिजीवी ,खेलप्रेमी विद्यार्थी भाइबहिनीहरूलाई शुभकामना दिँदै कार्यक्रमको समापन कार्यक्रमका अध्यक्ष यास्मिन मियाले गरेका थिए ।

