युएई । युएई नेपाली एकता समाज केन्द्रीय सामितिले दर खाने कार्यक्रम २०२४ सेप्टेम्बर ८ का दिन प्रगतिशील तीजि कार्यक्रम संपन्न गरेको छ।

समितिका अध्यक्ष बाबुराम रेग्मीको अध्यक्षता र महासचिव टीकाराम नेपालीको सन्चालनमा अघि बढेको उक्त कार्यक्रममा आमन्त्रित अतिथिहरुको आशनग्रहण पश्चात् कलाकारहरुले गीत संगीत र शब्दबाट सचिव उपेन्द्र नेलालीले उपस्थित सबैलाई स्वागत गरेका थिए ।
प्रगतिशील तीजि कार्यक्रमको उद्घाटन अध्यक्ष बाबुराम रेग्मीले मैनवत्ती बालेर गरेका थिए । उद्घाटन मन्तव्यको क्रममा अध्यक्षले पर्वहरुले परिवार र समाजमा एकताको भावना ,भातृत्वको भावना जागृत पार्दै देशको राष्ट्रिय एकतालाई मजबुत पार्न तथा हाम्रो संस्कृतिलाई जोगाइ राख्न महत्त्वपूर्ण भूमिका खेल्ने भएकोले र तीजको बेलामा युएई स्थित नेपाली दाजुभार्इ तथा दिदीबहिनीहरु निराश नहुन् भन्ने हेतुले युएई नेपाली एकता समाजले आफ्नो स्थापनाकालदेखि नै चादपर्वहरुलार्इ प्रगतिशील रुपमा मनाउदै आएको छौं भन्दै तीजको शुभकामना दिएका थिए ।साथै उनले जसरी नारी पर्व नारीहरुको मात्र नभएर हामी सवै नेपालीहरुको भएको छ त्यसरीनै नारीहरुको समस्याहरु पनि हामी सवै नेपालीहरुको समस्या भएकोले हामी सबै मिलेर समस्या समाधन गर्नु पर्ने धारणा राखे ।देशको वर्तमान अवस्थाको चर्चा गर्दै उनले देशका कर्णधार युवा शक्तिको विदेश पलाएनले गाउँ घर बाँझो र बगर बन्दै गएकोमा चिन्ता व्यक्त गरे । शिक्षा ,स्वास्थ्य र सिंचाइमा निजीकरण पूर्णरूपमा बन्द गरी राज्यले आफ्नो हातमा लिएर गुणस्तरीय शिक्षा ,स्वास्थ्य र सिँचाइको व्यवस्था गरेमा विदेश पलायन काफी हदसम्म रोकिने पनि उनको सुझाव रहेको थियो ।
कार्यक्रममा अन्य अतिथिहरु युएई नेपाली एकता समाजका केन्द्रिय उपाध्यक्ष तथा आबुधाबी क्षेत्रीय समिति सल्लाहकार दिलवहादुर घर्ती ,केन्द्रीय सदस्य तथा कार्यक्रम व्यवस्थापक यादव श्रेष्ठ ,केन्द्रीय सदस्य तथा मेश इन्चार्ज लेखनाथ आधिकारी,केन्द्रिय सह कोषाध्यक्ष तथा महिला नेतृ चम्पा रेग्मी ,केन्द्रीय सदस्य तथा रक्तिम कलाकार वसन्त सुनार,क्षेत्रीय अध्यक्ष कृष्ण बस्नेत,वाग्लुङ सेवा समाज आबुधाबी क्षेत्रीय समितिका सचिव सुरेश नेपाली ,बागलुङ सेवा समाज आबुधाविका कोषाध्यक्ष तथा कलाकार सुरज केसि,बुद्धिजीवी राम बहादुर सुनार,क्षेत्रीय कोषाध्यक्ष कृष्ण प्रसाद तिवारी ,समाजसेवी बिष्णु सुनार,नेपालबाट युएई घुम्न आउनु भएकी समाज सेवी जानुका देवी ,भारतीय नारी सन्दीपा लगाएतले कार्यक्रम सफलता साथै हरितालिका तीजको शुभकामना दिएका थिए । कार्यक्रममा तीज गीत तथा तृत्य प्रश्तुत गरिएको थियो । र मिठो दर खाने कार्यक्रम भएको थियो ।
–टिकाराम नेपाली

