अक्टोबर ७ हमास इजरायल युद्धको वर्षदिन

काठमाण्डौ असोज २१। अक्टोबर ७ प्यालेष्टाइनी लडाकु समुह हमास र इजरायलको युद्ध शुरु भएको वर्षदिन पुगेको छ । हमासले अक्टोबर सातका दिन सुरुङ युद्धशुरु गरेर इजरायलमाथि आक्रमण गरी २सय जना इजरायलीहरुलाई गरिफ्तार गरेर लगेको थियो ।त्यसको बदलामा भन्दै इजरायलले पूर्णरुपमा जमिन,समुन्द्र र आकाशबाट आक्रमण जारी राखेको छ । आक्रमणमा परी करिब ४२ हजार प्यालेष्टाइनी निर्दोष जनताको ज्यान गइसकेको छ ,१लाखको संख्यामा घाईते भएका छन् । मारिनेहरुमा अधिकांश महिला बालबच्चा र केटाकेटी रहेका छन् भने लाखौ विस्थापित हुन पुगेका छन् ।भग्नावशेषहरुमा अझै थुप्रै पुरिएका बताईन्छ ।अहिलेसम्म १२ सय इजरायलीको ज्यान गैसकेको छ । इजरायललाई अमेरिकाले ठूलो मात्रामा आर्थिक सहयोग गरिररहेको छ । गाजामा सम्पूर्ण रुपले आक्रमण गर्ने बताउँदै सर्वसाधारणलाई ठाउँ खाली गर्न निर्देशन दिँदै आक्रमण गर्दै गर्दा सबै भौतिकसंरचनाहरु ध्वस्त हुन पुगेका छन् । विस्थापितहरुको अवस्था निकै कारुणिक भएको छ । हमासलाई सक्ने भन्दै इजरायली प्रधानमन्त्री वेञ्जामिन नेतान्याहुले आक्रमण रोक्न मानिरहेका छैनन् । नोभेम्बरमा १ हप्ताकोलागि युद्ध विराम भएपनि युद्धविरामको लागि गरिएको पहल र प्रयासहरु सबै विफल हुन पुगेका छन् । संयुक्त राष्ट्रसंघले केही भूमिका निभाउन सकिरहेको छैन । युद्धले क्षत्रीय रुप धारण गरेको छ र इजरायलले लेवनानको हेजबुल्लाहलाई लक्षित गरी भारी मात्रामा आक्रमण गर्दा १८ सय लेवनानीको समेत मृत्यु हुनाको साथै भौतिक संरचनाहरु ध्वस्त भएका छन् १२ लाख लेवनानीहरु विस्थापित भएका बताईन्छ । यमनका हुथीहरुमाथि पनि इजरायलले आक्रमणको निशाना बनाईरहेको छ । युद्ध लम्बिँदा र विस्तार हुँदा विश्व चिन्तित बन्न पुगेको छ ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित