चेन्नै । चेन्नैको के के नगरमा अवस्थित पान्डियन होटलमा कार्यरत तीन नेपाली बालश्रमिकहरु होटल मालिक द्धारा निर्घात कुटिएका छन् । कुटिएका ३ जना नेपाली बालकहरूको अखिल भारत नेपालीएकता समाजले उद्धार गरेको छ । उनीहरुकोपक्षमा कानुनी उपचारकोलागि एकता समाज द्धारा चेन्नैको के के नगरप्रहरी चौकीमा मुद्दा दर्ता गरेको छ।


नेपालको पुर्नवास नगरपालिका वाड नंबर ५ ग(गाउ कञ्चनपुर जिल्ला निवासी दिलीप खड्का का १७ वर्षीय छोरा सन्तोष खड्का, ऐजन नगरपालिका निवासी नरेश रोकाया का १६ वर्षीय छोरा समन रोकाया र सायल गाउपालीका वाड नंबर १ छपाली, डोटी जिल्ला निवासी नारायण रोकायाका १७ वर्षीय छोरा प्रकाश रोकायाले करिव ६ महिनादेखि चेन्नैको के के नगरमा अवस्थित पान्डियन होटलमा कार्यरत थिए। मालिकले समयमा तलब नदिएको र तलब माग्दा अचानक १३ अक्टूबर २०२४ का दिन बेलुका ४ बजे होटल मालिकले ३ नै जनालार्इ कोठामा लगेर ढोकालगाएर मरणासन्न हुने गरी पिटेको रहेछ। सन्तोषको दुवै हात भाँचिएका छन। समनको टाउकोमा चोट लागेर टाका लगाएको छ भने प्रकाशको शरीर भरी निलडाम रहेका छन। उक्त घटनाको बारेमा भीम बहादुर भोगटीले अखिल भारत नेपाली एकता समाजलार्इ जानकारी गराएका थिए। जानकारी पाउन साथ अखिल भारत नेपाली एकता समाजका तर्फबाट महासचिव महेन्द्र बस्याल घटना स्थलमा पुगी घटनाको जायजा लिनुका साथै रायपेटा सरकारी अस्पतालमा लगेर उपचार गराउने काम भएको थियो । घाइतेहरूको अवस्था गंभीर भएको हुनाले अखिल भारत नेपाली एकता समाजले क्षेतिपूर्तिका साथै होटल मालिकलार्इ कान्नी कारबाहीको माग गर्दै १५ अक्टूबर २०२४ का दिन अविरल वर्षाकोसमेत प्रर्वाह नगरी चेन्नैको के के नगर प्रहरी चौकीमा मुद्दा दायर गरेको छ। प्रहरी प्रशासनले पनि उक्त घटनालाइ गंभीर रूपमा लिएको छ। किन भने बाल श्रमका साथै ज्यानमार्ने गरी कुट्नु मानवता विरूद्ध भएको हुनाले मुद्दा कमिशनर सम्म जान सक्ने बताइएको छ।

नेपाली श्रमिकहरुमाथि हुने अन्याय ,अत्याचारको विरोधमा एकता समाज सँधै अग्रस्थानमा रहिआएको छ ।सँधैभरि नेपाली श्रमजीविको हक, हित र अधिकारकोलागि स्थापना कालदेखि नै निरन्तर रुपमा क्रियाशील छ ।

