स्पेनमा बागलुङेहरुको दशैं तिहार शुभकामना तथा वार्षिक साधारणसभा सम्पन्न

२२अक्टोवर, बार्सिलोना स्पेन । बाग्लुङ समाज स्पेनको आयोजनामा २१ अक्टोबर २०२४ का दिन बार्सिलोनाको मन्जुइक पार्कमा दशैं तिहार शुभकामना आदानप्रदान तथा वार्षिक साधारणसभा कार्यक्रम भब्य एवं सानदार रूपमा सम्पन्न भएको छ । बाग्लुङ समाज स्पेनका संरक्षक पुष्पराज भण्डारीको प्रमुख आतिथ्यतामा अगाडि वढेको उक्त कार्यक्रमको अध्यक्षता समाजकी अध्यक्ष प्रगती शर्माले गर्नुभएको थियो ।

कार्यक्रमको संचालन उपाध्यक्ष अरुण घिमिरे र स्वागत सचिव दिपक परियारले गर्नुभएको थियो। कार्यक्रमको उद्घाटन प्रमुख अतिथि पुष्पराज भण्डारीले मैन बत्ती बालेर गर्नुभएको थियो । प्रमुख अतिथि भण्डारीले उद्घाटन मन्तव्य व्यक्त गर्दै समाजले गरेका कामहरुको मुक्त कण्ठले प्रशंसा गर्नुभएको थियो । उहाँले समाज स्पेनबासी बागलुङेहरुको सुखदुखको सारथी बनेको समेत बताउनुभयो । कार्यक्रममा सल्लाहकारहरु दिपक क्षेत्री, सुदर्शन शर्मा, बिदुर गौतम, नेत्र बहादुर कार्की, दुर्गा शर्मा, तुलसीराम रिजाल ,भोजराज शर्मा र नवआगन्तुकको तर्फबाट सुसिला पन्तले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।कार्यक्रममा महासचिव केबिन्द्र शाही ठकुरीले पेश गर्नुभएको वार्षिक प्रतिवेदन तथा आगामी कार्यक्रम सह( कोषाध्यक्ष लक्ष्मण प्रताप सिंहले पेश गर्नुभएको वार्षिक आय व्यय विवरण र सर्वसम्मत रुपमा पारित गरिएको थियोे ।कार्यक्रममा बाग्लुङ समाज स्पेनको स्थापनाकालदेखि आजसम्म आइपुग्दा बिभिन्न समयमा समाजको तर्फबाट भलिबल प्रतियोगितामा सहभागि भई, जन्मभूमिबाट टाढा रहेर पनि भलिबल खेल मार्फत बाग्लुङ जिल्लाको पहिचान स्थापित गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुहुने भलिबल खेलाडीहरुलाई, आगामी दिनमा अझ धेरै सक्रियता र सफलताको कामना गर्दै सम्मान गरिएको थियो ।
कार्यक्रम पश्चात एक धन्यवाद वक्तव्य प्रकाशित गर्दै संस्थाकी अध्यक्ष प्रगति शर्माले कार्यक्रम सफल पार्न विभिन्न माध्यमबाट सक्रिय रहनुहुने सम्पूर्ण बाग्लुङे दाजुभाइ तथा दिदीबहिनीहरूलाई धन्यवाद व्यक्त गर्नुभएको छ। उहाँले कार्यव्यवस्थाको बावजुद पनि कार्यक्रममा उपस्थित हुने प्रमुख अतिथि अतिथिहरु संस्थाका सल्लाहकार विभिन्न पदाधिकारीहरू पदाधिकारीहरू कार्यसमिति सदस्य तथा स्पेनबासी सम्पूर्ण बाग्लुङे दाजुभाइ तथा दिदीबहिनीहरू प्रति हार्दिक आभार व्यक्त गर्दै आगामी कार्यक्रमहरूमा पनि अझ धेरै सक्रियता र सहभागिताको अपेक्षा समेत गर्नुभएको छ ।पछिल्लो समय स्पेनमा नेपालीहरूको आगमन तीव्र हुँदै गइरहेको र जसबाट दर्ता प्रक्रिया, बस्ने कोठा र कामको लागि असहज स्थिति उत्पन्न हुँदै गइरहेको अवस्थामा सकेसम्म सबैले आफ्नो ठाउँबाट एक अर्काप्रति सही सूचना आदानप्रदान गर्दै सबैले हातेमालो गर्दै समस्यालाई सकेसम्म सहज बनाउने प्रतिबद्धता समेत व्यक्त गर्दै सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरूमा आउँदै गरेको शुभ दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त गर्नुभएको छ ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित