फरिदाबादमा एकता समाजको स्थापना दिवस

भारत । २०२४ नोभेम्वर ७ का दिन अखिल भारत नेपाली एकता समाज पश्चिम् उत्तर क्षेत्रीय समिति अन्तर्गत फरिदाबाद नगर समितिको आयोजनामा ४६ औं स्थापना दिवस नगर अध्यक्ष बिनिमाधब पौडेलको अध्यक्षता,सचिव थमन थापाको सन्चालमा अन्लाईन माध्यमबाट कार्यक्रम सम्पन्न गरिएको छ। केन्द्रीय सचिव नारायण शर्मा , सदस्य मधु भुसाल ,भुमिसरा बुडा, बिध्यार्थी केन्द्रिय उपसचिव गोमा बुडाको आतिथि रहेको थियो । शहिदहरुको सम्झनामा १ मिनेटको मौन धारण पछि बिरुचन्दले शब्दबाट स्वागत गर्नु भएको थियो।क्षेत्रीय समितिका केबल बहादुर बुडा ,राम न्यौपाने,महिला बिभाग देखि रमा न्यौपाने, रक्तिम बिभागका नवीन खनाल , एरिया समितिबाट चुम्मन घर्तीले आफ्ना गहकिला विचार प्रस्तुत गर्नु भएको थियो। प्रमुख अतिथि नारायण शर्माले अखिल भारत नेपाली एकता समाजको ईतिहास र आजको दायित्वबारे विचार राख्नु भएको थियो। रक्तिमका कलाकारहरुले गित सुनाउनु भएको थियो । अन्त्यमा अध्यक्षद्वारा कार्यक्रम समापन गरिएको थियो ।

 

 

 

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित