चेन्नई । अखिल भारत नेपाली समाजले लेमप्रसाद गोराथोकीको शीघ्र स्वास्थ्य लाभको कामना गरको छ । स्वर्गद्वारी नगरपालिका वार्ड नंबर ६ बेलवास, प्युठान निवासी लेम प्रसाद गोराथोकी हाल चेन्नईको अम्बातुरमा कार्यरत हुनुहुन्थ्ये। ५ दिसंबर २०२४ का दिन डिउटी जाने क्रममा साँझ ५ बजे अम्बातुरको टेलीफोन एक्सचेंजमा बाइकले हानेर बायाँ खुट्टो भाँचिएको थियो। पब्लिक र पोलिसको सहयोगमा एम्बुलेंस द्वारा किल्पाक मेडिकल कलेज एवं हस्पिटलमा भर्ना गरिएको थियो। निजको खुट्टाको अपरेशन पश्चात २१ दिसंबरको डिस्चार्ज भएर घरमा स्वास्थ्य लाभ लिई रहनु भएको छ। हस्पिटलमा भएको हुनाले र कसैको पनि नंबर थाहा नभएको हुनाले तुरून्तै केस अघि बढाउन नसकेको अवस्था थियो। २९ दिसंबरका दिन अखिल भारत नेपाली एकता समाजका केन्द्री सदस्य तथा दाजु तिलक राम शर्मा र महेन्द्र वस्याललार्इ जानकारी भए पछि तुरंत निजको रूममा पुगेर भेटघाट गरी स्वास्थ्य अवस्थाको जानकारी लिने काम भएको छ । निजलार्इ क्षतिपूर्ति दिलाउनकोलागि टेलीफोन एक्सचेंजको पोलिस स्टेशनमा गएर जानकारी लिने काम भएको छ । डिप्युटी कमिश्नर आफ पोलीस )ट्राफिक) को अफिस अम्बातुरमा गएर तिलक महेन्द्र वश्याल त्यहाँ पुगेर लेमप्रसादको नाममा क्षतिप्रूर्तिको लागि निवेदन दर्ता गरिएको छ । अब क्षतिपूर्ति दिलाउन सहज हुने अखिलभारत नेपाली एकता समाजले जनाएको छ ।

