नया वर्ष २०२५ को शुभकामना आदान प्रदान तथा सदस्यता वितरण

 

चेन्नई –अखिल भारत नेपाली एकता समाज चेन्नई पूर्व पश्चिम उत्तर दक्षिण नगर समितिको संयुक्त आयोजनामा अंग्रेज़ी नया वर्ष १ जनवरी २०२५ को पावन अवसरमा शुभकामना आधान प्रधान तथा सदस्यता वितरण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमको अध्यक्षता चेन्नई दक्षिण नगर समितिका सदस्य राम बहादुर सुनारले गर्नु भयो। अतिथिको आशन ग्रहण पछि सहिदहरूको सम्झनामा एकमिनेट मौनधारण गरिएको थियो। उपस्थित जनमानसलाइ शब्दबाट माया रोकाले र संगीतबाट रक्तिम सांस्कृतिक अभियानका कलाकारहरुले स्वागत गरेका थिए । त्यस पछि केन्द्रीय महासचिव महेन्द्र बस्याल र क्षेत्रीय अध्यक्ष हेमराज रिजालले उपस्थित सबैलार्इअखिल भारत नेपाली एकता समाजको सदस्यता वितरण गर्नुका साथै शुभकामना मन्तव्य राख्नु भएको थियो। सदस्यता वितरण पछि केक काटेर एक आपसमा नया वर्ष २०२५ को शुभकामना आधान प्रधान गरिएको थियो। भने कार्यक्रमको संचालन उत्तर नगर समितिका अध्यक्ष उमानन्द आचार्यले गर्नु भएको थियो। राजु अधिकारी र दिल कुमार नेपालीले कार्यक्रम व्यवस्थापनमा गर्नु भएको थियो।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित