काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेडले १८औं वार्षिकोत्सवको अवसरमा १८ हजार बिरुवा रोप्ने जनाएको छ। संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत चालु आर्थिक वर्षमा १८ हजार बिरुवा रोप्ने घोषणा बैंकले गरेको हो । विरुवा रोप्न ग्लोबल आइएमईले स्थानीय विभिन्न संघ संस्थाहरुसंगको सहकार्यमा अगाडि बढ्ने पनि जनाएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले बैंकको वार्षिकोत्सवको अवसरमा अनामनगरस्थित बैंकको कार्यालय परिसरमा बिरुवा रोपेर अभियानको शुभारम्भ गरेका छन्। १८ पुसमा ग्लोबल आईएमई बैंक १८ वर्ष पूरा गरी १९औं वर्षमा प्रवेश गरेको छ ।
Comments

