मुम्बई । मुम्बईको बान्द्रा एरियामा रहेका नेपाली मजदूर साथीहरू विच लक्ष्मण सिंह परियार एवं कृष्ण रावत र सुर्य वंसीको पहल र अखिल भारत नेपाली एकता समाजका केन्द्रीय सचिवालय सदस्य ईन्द्र भेटालको विशेष उपस्थितिमा दिनांक ३० जनवरी २०२५ का दिन बृहत भेला सम्पन्न भएको छ। उक्त भेलाको अध्यक्षता लक्ष्मण सिंह परियारले गर्नु भयो। अतिथिको आशन ग्रहण पछि सहिदहरूको सम्झनामा एक मिनेट मौनधारण गरिएको थियो । उपस्थित जनमानसलाइ मनोज सुर्य वंसीले स्वागत गर्नु भएको थियो । भेलाको औचित्य र अखिल भारत नेपाली एकता समाजको लक्ष्य र उद्देश्यको बारेमा ईन्द्र भेटाल जीले स्पष्ट पार्नु भएको थियो। भेलाले लक्ष्मण सिंह परियारको अध्यक्षतामा एक स्थान रिक्त रहने गरी १५ सदस्यीय बान्द्रा एरिया समिति गठन गरेको छ। अध्यक्ष लक्ष्मणसिंह परियार, उपाध्यक्ष टेकेन्द्र क्षेत्रि, सचिव कृष्ण रावत, सहसचिव मनोज सुर्यवंसि, कोषाध्यक्ष प्रकाश सावद, सदस्यहरु पुरन बसेल, भुवन बेलाल, सलिम खड्का, खडक भुल, हरिस खड्का, आर्यन सावद, चेतन सावद, विक्रम कुमाल, मान बहादुर कुमाल, र एक स्थान रिक्त रहेको छ भने कार्यक्रमको संचालन कृष्ण रावतले गर्नु भएको थियो ।


