कृष्णराज पौडेल
२०२५ जनवरी २० मा डिपसिक आर वन ९डपि सीक आर वान जनवरी २६ मा डिपसिक भि३ ९ डीप सीक भी थ्री रिलिज भयो।यसले अमेरिकी बजारमा निकै ठुलो भुईचालो गयो।यकै झट्कामा एनभिडिया भन्ने एआइ कम्पनीले मात्र एकै दिनमा करिब छ सय अरव डलरको बजारमूल्य गुमाएको छ।डिपसिक लन्च भएको पहिलो दिनमै अमेरिकी प्रविधि उद्योगहरुले दश खरब डलर बराबरको नोक्सानी बेहोरे ।विभिन्न जानकारका अनुसार हाल सम्म करिब बीस खरव डलर बराबरको बजारमुल्यमा क्षति भएको अनुमान गरिएको छ।
यसरी अमेरिकी प्रविधि उद्योगमा किन झट्का लाग्यो र यी कम्पनीहरुले किन यति धेरै क्षति बेहोरे ? यसको पछाडिको तथ्य निकै रोचक छ।चिनिया एआइ प्रविधि बजारमा प्रवेशले मात्र यो सबै नोक्सान भएको होइन।अर्को मुल्यको कारणले मात्र पनि अमेरिकी सत्ताधारी वर्ग चिनिया प्रविधि उद्योगसँग तर्सिएका होईनन्।यसलाई बुझ्न थोरै हामी नवउदारवादी अर्थनीतिको इतिहासमा जानुपर्छ।
पचासको दशक देखि नब्बेको दशक सम्म अमेरिकाली नेतृत्वको साम्राज्यवादले वित्तिय साम्राज्यवाद लागु ग¥यो ।अमेरिकी साम्राज्यवादलाई सघाउन खुलाबजारको नीति ल्यायो।अधिकांस पूँजिवादी र अर्धसामन्तवादी देशले खुलावजार अर्थनीति अपनाए। कागजको नोट अमेरकी डलरमा अमेरिकामा छापियो र कागजको नोट अमेरिकी डलरनिर्यात गरियो।गरिव देशहरुले सो नोट डलर अमेरिकी लिएर सस्तोमा प्राकृतिक सम्पदा र मानवस्रोत बेच्न तयार भए।गरिब मुलुकको सस्तो सम्पदा र सस्तो साधनस्रोत ल्यायर यूरोपको पूननिर्माण,अमेरिकामा चकाचक भौतिक विकास अनि साम्राज्यवादी इकोनोमिक प्राईमजोन,केही अरव देश,इजरायल र साउथ कोरियामा ओैद्योगिक विकास गर्न सक्षम भयो। गरिब मुलुकका लोभी शासक र साम्राज्यवादी शासक मिलेर विश्वका मध्यम वर्गको एउटा ठुलो तप्कालाई वेकुपm बनाउन सफल भए भने जसले पसिना बगाएर मुल्य निर्माण गरे उनीहरु साम्राज्यवादी जाँतोको पिँधमा पिसिइ नै रहे।
वित्तिय साम्राज्यवादीको यो सफलताले सोभियत रुस ढल्यो भने चीनिया कम्युनिष्ट नेतृत्वको सरकारले जवरजस्ति सर्भाइबलको९अस्तित्व जोगाउने० बिचको बाटो लियो।धेरैले यसलाई व्यवहारवादी पनि भन्ने गरेका छन्।कम्युनिष्टहरुले यसलाई नवउदारवादमा पतन भएको घोषणा गरे।
नब्बेको दशकपछि ईन्टरनेट, सुचना र प्रविधिमा क्रान्तिकारी विकास भयो।सोभियत ढलेपछि रुसी अर्थतन्त्र धेरै नै खस्किएर रुस अस्तित्व जोगाउ नै गाह्रो पर्ने स्थितिमा पुग्यो।विभिन्न बहानामा गरिएको नाकाबन्दी, पूर्व सोभियत राष्ट्रहरुमा भएको प्रायोजित गृह कलह आदिले रुस विश्व आर्थिक मन्चबाट एक्लँदै जान बाध्य भयो।इन्टरनेट र सुचना प्रविधिको खोज, अनुसन्धान, सुचना र तथ्याङ्क, विज्ञापन,बिक्री र नाफामा साम्राज्यवादीहरुको एकक्षत्र कब्जा भयो।यसलाई उनीहरुले डेमोक्रेसी९प्रजातन्त्र०भनेर विश्वमा प्रचार गराउन सफल भए।
०६० को दशकपछि नै सुधारवादी बाटो लिएको रुस एकातिर र वित्तिय साम्राज्यवादी अमेरिका अर्कोतिर भएको अवस्थामा चीनसँग कसरी अगाडि बढ्ने भन्ने चुनौती थियो।सुधारवादी बाटो समातेपछि सोभियत रुसमा बढेको भ्रष्टाचार र असमञ्जस्यताले चीनले व्यवहारवादी बाटो समात्न बाध्य भयो।यसैले कम्युनिष्ट संगठन प्रणाली नत्यागी कुनै वित्तिय उदारवाद र बजार अर्थतन्त्रमा छिर्यो।चीनको यो कदमलाई वुद्दिजीविहरु र क्रान्तिकारी कम्युनिष्टहरुले आ(आफ्नो अनुकुलता अनुसार व्याख्या गरेका छन्।
चीनको यो कदमले विश्व बजारबाट रुस बाहिरिए जसरी बाहिरिनु परेन।
चीनिया जनता निकै गरिवीमा रहेकोले दैनिक उपभोग्य सामाग्री महङ्गोमा किनेर जीवन सहज बनाउन गाह्रो थियो।वस्तु उत्पादनको युरोपियन प्रणाली खर्चिलो थियो।यसैले चीनियाहरुले सस्तो उत्पादन प्रणालीको खोजी गरे।पूँजिपतिहरु केवल वस्तु उत्पादनमा मात्र जोड दिन्छन्।उनीहरुको ध्यान केवल नाफामा मात्र हुन्छ।तर चीनिया सरकारको समाजवादी नीतिको कारण स्वतन्त्र बजार भए पनि वस्तु सस्तो बनाउने कुरामा ध्यान दिए। पूँजिपतिहरुले प्रविधिको सुचनामा हक जमाएर सस्तोमा उत्पादन गरेको वस्तु पनि धेरै महङ्गोमा बेच्ने गर्छन्।प्रविधिको सुचनामा भएको एकाधिकारलाई उनीहरुले तोड्दै गए।यसले चीनिया जनतालाई मात्र नभएर विकासोन्मुख मुलुकका निम्न आम्दानी गर्ने अरबौं मानिसलाई फाइदा भयो।आज हामीले वीस वर्ष अगाडि धेरै महङ्गोमा किन्ने अति कमसल वस्तु धेरै सस्तोमा उच्च क्वालीटिको आज पाईरहेका छौ।यो यसैको देन हो।
वस्तु उत्पादनमा भएको चीनिया क्रान्तिले अमेरिकी साम्राज्यवादीहरुलाई खासै असर परेको थिएन।किनकि चीनमा उत्पादन भएको सस्तो सामान विश्वभरि बेचेर उनीहरुले प्रसस्त नाफा आर्जन गरिरहेका थिए।यसैले उनीहरुको ध्यान बजार सुरक्षित गर्नेमा रह्यो।बजार सुरक्षित गर्न इराक,लिविया,अफगानिस्तान,सोमालिया,सिरिया,प्यालिष्टाईन आदि देशका युद्ध र सरकार ढाल्न,बनाउने कुरा गरिरहे।अर्को तिर सुचना,प्रविधि,ईन्टरनेट,रेमिट प्रणाली र डलरको सुरक्षामा यिनीहरुको मुख्य ध्यान रह्यो।किनकि उनीहरुलाई थाहा भैसकेको थियो,डलरले सधै साम्राज्यवादी पूजिपतिहरुको स्वार्थकोलागि भुमिका निर्वाह गर्न सक्दैन।किनकि विस्तारै मजदुरहरुलाई डलरको बलमा वेकुप बनाइएको र गरिव मुलुकहरुबाट कागजको खोस्टामा प्राकृतिक सम्पदा साटिएको कुरा मध्यम वर्गलाई समेत थाहा हुँदै गैरहेको छ।
जति नै प्रविधि सम्पन्न भएपनि,ध्रुव सत्य के हो भने उपभोग्य वस्तुको उत्पादन बिना मानव समाज सम्भव छैन।मानव समाज हिजको उत्पादन प्रणालीमा फर्कन सक्दैन किनकि त्यो मानिसकोलागि गाह्रो र प्रति इकाई उत्पादन लागत धेरै छ।आजको उत्पादन प्रणाली र वितरण प्रणाली सहज,सरल र सस्तो छ तर अति जटिल तथ्याङ्कीय प्रविधिमा आधारित छ।यो जटिल प्रविधिको सुचना,सुचना आदानप्रदानको जटिल प्रणाली,वस्तु विनियम र उपभोक्ताबीच वस्तु पु¥याउने माध्यम,विनिमयको माध्यम आदि कुराको जटिल तथ्याङ्कीय प्रणालीमाथि ज(जसले वर्चस्व कायम गर्न शासन उसैको हुन्छ।सत्ता उसैको हुन्छ।यहि मुठ्ठीभर शासकले बांकीलाई वेकुप बनाएर र कज्याएर आफ्नो आलिसान जीवन चलाउँछ।त्यसैले यति धेरै धनी गरिब बीचको दूरी,मजदुरमाथि शोषण,शहरहरुमा अव्यवस्था घरवारविहीनता,परिवार विहीनता,पर्यावरणको नास हुदा पनि शासक वर्ग सुरक्षित आलिसान जिन्दगी बाँचिरहेको छ।मजदुर र गरिब अलमलाहटमा चुपचाप दुःख झेलिरहेको छ।किनकि उत्पादन प्रणाली जस्तै,सरल रुपमा बुझ्न सकिने कुरा पनि अति क्लिष्ट बनाएर सुचना साम्राज्यवादी मिडियाले पस्किएको छ र मानिसहरुलाई बेकुपm बनाएको छ।
९० को दशक यता अहिले सम्म अमेरिकी साम्राज्यवादीलाई चुनौती दिनेगरी कसैले पनि सुचना,प्रविधि र ईन्टरनेटमा विकास गर्न सकेको थिएन।चीनको वस्तुउत्पादन प्रणालीले उसले पनि मनग्य नाफा कमाईरहेको थियो।तर पछिल्लो दशकमा चीन वस्तु उत्पादन र भौतिक संरचना बनाउन मात्र ध्यान नदिएर सुचनाप्रविधि र इन्टरनेटको विकासमा पनि निकै पहुँच बढायो।अमेरिकी कब्जामा रहेको सेमिकन्डक्टर चिप्स उत्पादनको बदला आफ्नै सेमिकन्डक्टरको उत्पादन,ईन्नर नेटमा प्रयोग हुने कम्पोनेन्टको उत्पादन,अमेरिकी गुगल सर्भरको बदला आफ्नै सर्भर,एकमात्र अमेरिकी एकाधिकार रहेको मनि ट्रान्सफर स्विफ्टको बदला आफ्नै मनि ट्रान्सफर सिस्टम,दैनिक व्यवहार र मनोरञ्जनका विभिन्न एपहरु र अमेरिकी दबदबा रहेका बिसौँ सामाजिक सञ्जाललाई एक्लै माथ दिनेगरी अति प्रभावकारी अलगोरिदम भएको टिकटक,अमेजन,ई(वे, जस्ता अनलाईन मार्केटिङ्को बदला अलिवावा,टेमो,अलिएक्सप्रेस,आदि एकको बदला एक,अझ प्रभावकारी,अझ धेरै सजिला र सस्तो प्रविधिले अमेरिकी सिन्डिकेटलाई चुनौती दिदै गएको छ।
यसैले प्रविधिमा चीनमा भएको विकासलाई रोक्न विभिन्न बहनाहरु खोज्ने र कर्वाही गर्ने गरिरहेको छ।यसअघि चीनिया कम्पनी हुवाईका उत्पादनमाथि अमेरिकी गठबन्धन देशहरुमा प्रतिबन्ध।टिकटकमाथि प्रतिबन्धको असफल प्रयास।ठुला प्रविधि निर्माणमा बाधा पु¥याउन अमेरिकी चिप्स निर्यात प्रतिबन्ध आदि गरिदै गएको छ।खुल्ला बजारको नीति पनि केवल उनीहरुकोस्वार्थको लागि मात्र हो।उनीहरुको स्वार्थमा असर पर्ने भयो भने उनीहरुले नै उनीहरुले बनाएको नियम मिच्छन्।यो यसको उदाहरण पनि हो।
अमेरिकामा टिकटक प्रतिबन्ध गर्नेकुरा आए संगै अमेरिकाली जनताले यसको निकै विरोध गरे।अमेरिकामा टिकटक चलाउने झण्डै बीस करोड मानिस रहेको कुरा सुनिन्छ।ती मानिसहरु टिकटक प्रतिबन्ध हुने निश्चितता भएपछि मेनल्याण्ड चीनमा चल्ने रेडनोट९रेड नोट) टिकटक जस्तै सञ्जालमा छिर्न थाले।दैनिक पचासौँ लाख मानिस रेड नोट मा सर्न थाले पछि अमेरिकी सत्ताधारी तर्सियर टिकटक प्रतिबन्ध हटाउन बाध्य भयो।किनकि अमेरिकी सत्ताधारी वर्ग टिकटकको व्यापारबाट भन्दा बढि चीनिया संग अमेरिकाली जनताको घुलमिल हुने र एकआपसमा सुचना र समाचार बाडिने कुराले आत्तियो।टिकटकको भन्दा अझ प्रभावकारी अलगोरिदम रेडनोटको रहेको छ।
शासन र शोषण गर्नलाई उत्पादनका साधनमा कब्जा गर्न जति जरुरी छ त्यो भन्दा बढी जरुरी उनीहरुको सोच्ने तरिकामा कब्जा जमाउनु पर्ने हुन्छ।त्यहि सोच्ने तरिकामा कब्जा जमाउन सिक्रिले बाध्ने ,भगवान निर्माण गर्ने,छापामा नियन्त्रण,छाप्ने कुरामा नियन्त्रण,बोलीमा नियन्त्रण,बोल्ने कुरामा नियन्त्रण,र पछिल्लो नियन्त्रण प्रचारप्रसार गर्ने प्रविधि र त्यो प्रविधिको नियन्त्रण अनि त्यो प्रविधीलाई नियन्त्रण गरेर आफु अनुकूलको सुचना र विचार प्रेसित गर्ने गरी प्रविधिमाथि गर्न खोजिएको नियन्त्रण हो।पछिल्लो आर्टिफिसियल इन्टेलिजेन्समाथि सत्ताधारी वर्गले गर्न खोजेको नियन्त्रण अर्थतन्त्र माथिको कब्जा त हुँदै हो त्यो भन्दा बढी मानिसको सोच्ने तरिका निर्माण गर्ने कुरा माथिको नियन्त्रण हो।
अमेरिकी साम्राज्यवादी सत्ताधारीलाई चीनले चुनौती दिन खोजिरहेको छ। यो अहिलेलाई जरुरी र स्वागत योग्य छ।

