काठमाण्डौ । दक्षिण अमेरिकी देश भनेजुयलामा बुधबार शक्तिशाली भूकम्प गएको छ । राजधानी काराकाससहित धेरै क्षेत्रमा भूकम्पले विनाश गरेको अन्तर्राष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् । भूकम्पमा परि मर्नेहरुको संख्या अझै यकिन हुन नसके पनि १० हजारदेखि १ लाखसम्मको संख्या हुन सक्ने बताइएको छ । भूकम्प पश्चात कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले देशमा आपतकाल घोषणा गरेकी छन् र स्वास्थ्यकर्मी नर्स डाक्टरहरुलाई शीघ्रातिशीघ्र उपचार गर्न निर्देशन दिएकी छन् । भेनेजुएलाको राजधानी काराकासको अन्तर्राष्ट्रिय विमानस्थल गम्भीर रूपमा क्षतिग्रस्त भएको छ । विमानस्थल पूर्ण रूपमा बन्द गरिएको छ । देशका धेरै भागमा बिजुली र फोन नेटवर्क ठप्प भएका छन् ।
अमेरिकी भूगर्भीय सर्वेक्षणले यो विपदको प्रभाव अत्यन्त व्यापक हुन सक्ने चेतावनी दिएको छ । पहिलो भूकम्प ७.१ म्याग्निच्युडको थियो, जसको केन्द्र मोरोनबाट १६८ किमी पश्चिममा १३ किमी गहिराइमा थियो । करिब ४० सेकेण्डपछि ७.५ म्याग्निच्युडको दोस्रो, अझ शक्तिशाली झटका महसुस गरियो । दोस्रो भूकम्पको केन्द्र मोरोनबाट १६ किमी दक्षिण–पश्चिममा १० किमी गहिराइमा थियो ।

