चेन्नैमा अखिल भारत नेपाली एकता समाजको पिकनिक कार्यक्रम सम्पन्न

 

चेन्नई । अखिल भारत नेपाली एकता समाज चेन्नईको आयोजनामा विगतमा झै यस वर्ष पनि ९ फरवरी २०२५ का दिन माधवराव राउन्डटना नजिकै पिकनिक कार्यक्रमको आयोजना गरिएको थियो। कार्यक्रमको अध्यक्षता चेन्नै पश्चिम नगर समितिका अध्यक्ष अर्जुन केसीले गर्नु भयो। केन्द्रीय नेतागणको अतिथि आशन ग्रहण पछि उपस्थित जनमानसलाइ चेन्नई दक्षिण नगर समितिका सचिव भुवन सुवेदीले स्वागत गर्नु भएको थियो। पिकनिक कार्यक्रमको औचित्यताबारे समाजका महासचिव महेन्द्र वस्यालले प्रकाश पार्नु भएको थियो । पिकनिक कार्यक्रम सफलताको शुभकामना दिनेहरूमा दक्षिण भारत क्षेत्रीय समितिका अध्यक्ष हेमराज रिजाल, महिला ईन्चार्ज दुर्गा सुवेदी र विद्यार्थीका अध्यक्ष बिक्रम केसी रहनु भएको थियो।कार्यक्रमको सञ्चालन उमानन्द आचार्यले गर्नु भएको थियो।

पिकनिक कार्यक्रम सफल बनाउनको लागि सम्पूर्ण साथीहरूको महत्वपूर्ण योगदान रहेको छ। हल लगायत आवश्यक सामाग्री खरिद गर्ने ज़िम्मा हेमराज रिजाल, यामकुमार नेपाली, धर्मेन्द्र बस्याल, डम्मर बस्याल, राजु अधिकारी, हरि जिसी, दिलकुमार नेपाली रहनु भएको थियो। सबैको सक्रियताले सबैकुरा जुटाउन सफल भएका थियौ। मेसमा प्रमुख कुक शालिकराम सुवेदी, डम्मर बस्याल, राजेश मगर र प्रेम सागर सुवेदी लगायतका साथीहरू रहनु भएको थियो।

वहाहरूले किचनको सबै जिम्मा समालेर खाना अत्यन्त स्वादिष्ट बनाउनु भएको थियो। देवी रिजाल माया रोका, सुनिता बस्याल, सिता घिमिरे, उजेली शर्मा, सिता थापा, मैना अधिकारी र रमा शर्मा, दुर्गा सुवेदी, माया थापा, लक्ष्मी आचार्य, खिमा गिरी,नन्द कुमारी, माया परियार, राजेश मगर, सुजन , डम्मर बस्याल, नारायण पौडेल, राजेश मगर र दिपक पौडेल तिलकराम गोराथोकी, डिल कुमार नेपाली, रमेश पौडेल, नारायण पौडेल, लक्ष्मी प्रसाद आचार्या, डम्मर बस्याल, धन बहादुर थापा र गोविंद हमाल , रामकुमार केसी हरि जीसि, सिता बस्याल, प्रेम सागर सुवेदी लगायतले पिकनिकमा खाना तयार पार्ने देखि सबै कामको तयारी गर्नु भएको थियो। सरसामान र साथीहरूलार्इ लाने ल्याउनेमा गिरी नेपालीले सहयोग पुराउनु भएको थियो। आफ्नो महत्वपूर्ण कामलाइ छोडेर पनि टाढा टाढा बाट बाल बच्चा सहित पिकनिक कार्यक्रममा उपस्थित भएर अनुशासित, भव्य र सभ्य तरिकाले कार्यक्रमलाइ सफल पार्न सहयोग गरि दिनु भएकोमा सम्पूर्णर्लाइ आयोजक समितिले हार्दिक धन्यवाद ज्ञापन ज्ञापन गरेको छ

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित