भ्रष्टाचारको सूचकाड्ढमा नेपाल १०७ औं स्थानमा

ट्रान्सपरेन्सी इन्टरनेशनल भ्रष्टाचार सम्बन्धी अध्ययन गर्ने अन्तर्राष्ट्रिय संस्था हो । यसले विश्वका विभिन्न देशहरुमा हुने गरेका भ्रष्टाचारको स्थितिलाई अध्ययन गरेर देशहरुको सूची तयार पार्दछ । सूचीमा जति बढी माथिल्लो नम्बरमा रह्यो त्यो त्यति नै बढी भ्रष्टाचार हुने मुलुक मानिन्छ । १८० मुलुकको सर्वेक्षण गर्दा नेपाल २०२४ सालमा १०७ औं नम्बरमा परेको छ । २००२३ मा १०८ औं स्थानमा थियो । यस सूचकांकबाट नेपालमा भ्रष्टाचारमा उल्लेखनीय कमी आउन नसकेको प्रष्ट हुन्छ ।
नेपालमा व्यापक भ्रष्टाचार छ । सानो भन्दा सानो काम गर्न पनि घुस दिनु पर्ने,कमिसनको व्यवस्था गर्नु पर्ने समस्याहरु रहेका छन् । नीतिगत रुपमा भ्रष्टाचारबाट बदनामित निर्णयगत रुपमा भ्रष्टाचार हुने गरेका छन् । राजनीतिक दलका नेता सरकारी कर्मचारीको भ्रष्टाचार अभियोगमा उच्च तहदेखि तल्लो तहसम्म नै पक्राउ हुने गरेका खबर दिनहुँजसो आउँछन् ।
भ्रष्टाचारले संस्कारको रुप लिएको छ । भ्रष्टाचार गरेर भएपनि तडक भडक देखाउने, सम्पन्न सुखी जीवन बिताउने, व्यक्तिगत जीवनलाई प्रमुख ठान्ने प्रवृतिको विकास भएको छ । भ्रष्टहरुले आर्जन गरेको सम्पत्ति कहाँबाट आएको हो ? भनेर सोधीखोजी गर्ने भन्दा पनि उसको कमाइको प्रशंसा गर्ने संस्कारको विकास भएको छ । जे जसरी भए पनि कमाउने र व्यक्तिगत जीवन सम्पन्न भएको देखाउने चलन छ ।
नेपाल भ्रष्टाचार हुने मुलुकहरुको सूचीमा अग्रस्थानमा नै रहेको तथ्याङकले देखाएको छ । २०८१ माघ २९ (फेब्रुअरी ११, २०२५)मा ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआर्ई)भ्रष्टाचार अवधारणा सूचकाङ्क–२०२४) सार्वजनिक गरेको छ । १८० देश सम्मिलित यस सूचकाङ्कमा नेपालले ३४ अंक प्राप्त गरेको जनाएको छ । सूचकाङ्कमा १०० अंकले अति स्वच्छ र ० अंकले अति भ्रष्ट भन्ने देखाएको छ । जसमा नेपाल विगतका वर्षहरुमा जस्तै भ्रष्टाचार हुने देशको रुपमा देखिएको छ ।
डेनमार्क विगत ७ वर्षदेखि लगातार ९० अङ्क प्राप्त गरी विश्वको सबैभन्दा कम भ्रष्टाचार हुने मुलुकको रुपमा रहेको छ । दक्षिणी सुडान ८ अङ्क प्राप्त गरी यस वर्ष सबैभन्दा बढी भ्रष्टाचार हुने मुलुकको रुपमा अंकित भएको छ ।
गत वर्ष नेपालले भ्रष्टाचारको सूचकाङकमा ३५ अंक प्राप्त गरेको थियो। गत वर्ष १०८औं स्थानमा रहेको थियो भने अहिले १०७औं स्थानमा रहेको देखाएको छ । भ्रष्टाचार हुने मुलुकहरुमा द्वन्द्वग्रस्त मुलुकहरु बढी मात्रामा देखिएका हुन्छन् । जुन मुलुकमा अस्थिरता, आन्तरिक द्वन्द्व तथा बाह्य आक्रमणमा परेका छन् त्यो मुलुकमा व्यापक मात्रामा भ्रष्टाचार हुने दण्डहीनता मौलाउने गरेको हुन्छ ।
तर नेपालमा अहिले त्यस्तो अवस्था छैन । नेपालमा शान्ति स्थापनाको कार्य भएको १७ वर्ष भैसकेको छ । नेपालमा संविधानको निर्माण भएर कार्यान्वयनमा आएको पनि लामो नौ वर्ष हुन लागिसकेको छ । तर पनि भ्रष्टाचारमा अगाडि नै छ ।
भ्रष्टाचार गर्दिन र गर्न पनि दिन्न भन्दै सरकारले सुशासन र समृद्धिको नारा लगाउने गर्दछ । सरकारले लगाएको नारा प्रभावकारी रुपमा कार्यान्वन भएको भनेर प्रचार प्रसार पनि हुने गर्दछ । तर पनि धेरै भ्रष्टाचार हुने मुलुकबाट ओर्लन सकेको छैन । यो हुनु निकै दुःखद हो । देशमा गरिबी छ । नेपाली जनताको टाउकामा विदेशीको ऋणको भारी छ । मुलुक झन् पछि झन् परनिर्भर बन्दै गइरहेको छ । युवाहरु कामको खोजीमा विदेशतिर पलायन हुनु परेको छ । पदको दूरोपयोग गर्दै भ्रष्टाचार भइरहेको छ ।
यस्तो अवस्थामा भ्रष्टाचार नियन्त्रणको कुरा प्रभावकारी तरिकाले गर्नु पर्दछ । नीतिगत रुपमा के के कमी कमजोरी रहेका छन् तिनीहरुको सुधार गर्नु पर्दछ । लाग्ने गरी जो जसले अकुत सम्पत्ति आर्जन गरेका छन् उनीहरुको सम्पत्ति शुद्धीकरण गर्नु पर्दछ । स्थानीयदेखि माथिल्लो तहसम्म भ्रष्टाचार नियन्त्रणको लागि अभियान चलाउनु पर्दछ । भ्रष्टाचारीलाई कुनै पनि प्रकारको राजनीतिक संरक्षण हुनु हुँदैन । भ्रष्टाचारी लाई कानुनी कारबाहीमा ल्याउन हिचकिचाउनु हुँदैन ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित