अखिल भारत नेपाली एकता समाज केन्द्रीय महिला विभागको अनलाइन भेला सम्पन्न

चेन्नै, भारत । अखिल भारत नेपाली एकता समाज केन्द्रीय महिला विभागको अनलाइन भेला दिनांक १६ फरवरी २०२५ का दिन सम्पन्न भएको छ । उक्त भेलाको अध्यक्षता सिमा क्षेत्रीले गर्नु भयो । अतिथिको आसन ग्रहण पछि सहिदहरूको सम्झनामा १ मिनेट मौनधारण गरिएको थियो । उपस्थित जनमानसलाई शब्दबाट पम्फा न्यौपाने र संगीतबाट रक्तिमका कलाकारहरूले स्वागत गर्नु भएको थियो । प्रमुख अतिथि क्रान्तिकारी महिला संगठन नेपालकी संयोजक अम्बिका मुडभरीले भेलाको औचित्यताबारे प्रकाश पार्नुका साथै जनमानसबाट सोधिएका जिज्ञासाहरूको उत्तर अति रोचक ढंगबाट दिनु भएको थियो ।
भेला सफलताको शुभकामना दिनेहरूमा प्रवास क का संयोजक खगेश्वर शर्मा, अखिल भारत नेपाली एकता समाजका केन्द्रीय अध्यक्ष आनन्द थापा र महासचिव महेन्द्र वस्याल रहनु भएको थियो । भेलाले दुर्गा सुवेदीको अध्यक्षतामा ३३ सदस्यीय केन्द्रीय महिला विभाग गठन गरेको छ । समितिको अध्यक्षमा दुर्गा सुवेदी (चेन्नै), सचिव कोपिला धिमाल (हैदराबाद) र कोषाध्यक्ष सिमा क्षेत्री (दिल्ली) रहनु भएको छ । समितिको सदस्यहरूमा बेलमाया थापा (मुम्बई), ज्ञानमति बि क (बेंगलोर), पम्फा न्यौपाने (प्रागराज), फूलमाया केसी (चेन्नई), देवी रिजाल (चेन्नै), कलावती दयाल (बेंगलोर), हरिकला थापा (पान्डीचेरी), माया हमाल (चेन्नै), मिना बि क (बेंगलोर), बन्सरा राना (चेन्नै), कुमारी थापा (पान्डीचेरी), माया रोका (चेन्नै), भुमिसरा बुढा (फरिदावाद), सुनिता बस्याल (चेन्नै), कल्पना केसी (भिवाड़ी), सिता हमाल (भोपाल), सम्झना राइ (पठानकोट), दिलमाया थापा (हैदराबाद), सम्झना नेपाली (कोलकाता), लिला राइ (होसियारपुर), लालुमाया थापा (दिल्ली), तारादेवी सुनार (कानपुर), लक्ष्मी सुवेदी (चेन्नई), मिना थापा (सोनिपथ), सुष्मा वि क (होलियारपुर), सकिला थापा ( भोपाल), विन्दु नेपाली (कानपुर) र रेष्मा शर्मा (नोयडा) रहनु भएको छ । २ स्थान रिक्त रहेका छन् । नव गठित विभागीय समितिलाई आनान्द थापाले बधाइ दिनु भएको थियो भने कार्यक्रमको संचालन दुर्गा सुवेदीले गर्नु भएको थियो ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित