भाषा सम्मेलन सम्पन्न

चेन्नई । तमिलनाडुको भारत भारती मातृ भाषा विकास संस्थाको आयोजनामा २३ फरवरी २०२५ का दिन चेन्नईमा भाषा सम्मेलनको आयोजना गरिएको थियो। उक्त कार्यक्रममा विभिन्न प्रदेश र तिनका भाषामा गीतसंगीत र नृत्य प्रस्तुत गर्ने कार्यक्रम रहेको थियो। उक्त संस्थाले अखिल भारत नेपाली एकता समाजलार्इ पनि निमंत्रणा गरेको हुँदा चेन्नै उत्तर नगर समितिका अध्यक्ष उमानन्द आचार्यको नेतृत्वमा रक्तिम सांस्कृतिक अभियानले भाग लिएको थियो। उक्त कार्यक्रममा गीत र नृत्य प्रस्तुत गरिएको थियो। कार्यक्रममा विक्रम केसी, नर बहादुर विक, दिपा केसी, सर्मीला विक, सुमित्रा सुवेदी, भीम विक ,रोशन विक र सचिन विक रहेको कलाकार टिम र व्यवस्थापन दक्षिण भारत क्षेत्रीय समितिका अध्यक्ष हेमराज रिजाल, केन्द्रीय सदस्य तिलकराम गोराथोकी, दुर्गा सुवेदी, राजु अधिकारी, देवी रिजाल, माया रोका, खेमनाथ शर्मा, भिम थापा,रमा शर्मा र महेन्द्र वस्याल रहनु भएको थियो। यो कार्यक्रमले नेपाली र भारतीय जनता बीच मैत्रीपूर्ण भावनाको विकास गर्न टेवा पुराएको छ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित