डिजिटल अपराध नियन्त्रणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन हुँदै

१४ फागुन, काठमाडौं । महान्यायाधिवक्ता कार्यालयको आयोजनामा डिजिटल अपराध नियन्त्रण सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन काठमाण्डौमा फागुन १५ गतेबाट हुँदैछ । सम्मेलनमा १३ देशका प्रतिनिधिहरुको सहभागिता रहने आयोजकले बताएको छ । सम्मेलनमा डिजिटल अपराध, त्यसका प्रवृत्ति, अनुसन्धान अनि न्याय निरुपणका विषयमा छलफल हुनेछ । सहभागीहरुकाबीचमा अनुभव आदानप्रदान र संस्थागत क्षमता सुधारका कुराहरु हुनेछन् ।सम्मेलनमा सहभागी विज्ञहरुले ‘डिजिटल युगका अपराधहरु ः पूर्वानुमान र त्यसमाथिको सम्बोधन’ भन्ने अवधारणामा कार्यपत्रहरु प्रस्तुत गर्नेछन् । सम्मेलन प्रविधिमा आधारित भएर हुने यौन हिंसा र दुर्व्यवहार, साइबर अपराध, क्रिप्टोकरेन्सी र डिजिटल आर्थिक अपराध, एआईको प्रयोगबाट हुने अपराधहरुका विषयमा रहने बताइएको छ । सम्मेलनमा नेपाल, भारत, चीन, श्रीलंका, बेलायत लगायत देशका अनुसन्धानकर्ता, अपराधशास्त्रका विज्ञहरु, एआई विशेषज्ञ, अभियोजक, कानूनविज्ञ तथा न्यायाधीशको सहभागिता रहने छ ।सम्मेलन दुइदिनसम्म चल्ने छ ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित