माक्र्सवादी साँस्कृतिक आन्दोलनमा विकल्पको खाँचो

चैत्र २९ ,काठमाण्डौ । वर्तमान अवस्थामा माक्र्सवादी साँस्कृतिक आन्दोलनमा विकल्पको खाँचो रहेको एक कार्यक्रममा वक्ताहरुले बताउनु भएको छ । माक्र्सवादी साँस्कृतिक मोर्चा, नेपालले इच्छुक साँस्कृतिक प्रतिष्ठानमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा वक्ताहरुले सो कुरा बताउनु भएको हो । वक्ताहरुले माक्र्सवादी साँस्कृतिक आन्दोलन विचलन, विसर्जनको दिशामा रहेकाले सच्चा माक्र्सवादीहरुले प्रगतिवादी साँस्कृतिक आन्दोलनलाई अब शीघ्र अगाडि बढाउनुको विकल्प नरहेको स्पष्ट पार्नुभयो । माक्र्सवादी साँस्कृतिक आन्दोलन सत्ताको वरिपरी घुम्ने र फाइदा कसरी लिन सकिन्छ ? भन्ने तहसम्म पुगेकाले सच्चा माक्र्सवादी लेखक ,सस्कृतिकर्मीहरु वर्तमान अवस्थामा वैचारिक ,राजनैतिक र साँस्कृतिक रुपमा स्पष्ट नभई माक्र्सवादी साँस्कृतिक आन्दोलन अगाडि बढ्न नसक्ने वक्ताहरुको भनाई रहेको थियो । वर्तमान अवस्थामा कतिपय आफूलाई माक्र्सवादी भन्ने लेखक, साँस्कृतिक आन्दोलनकर्मीहरु , वर्तमान सत्ताको विकल्पको विषयमा सोच्नै नसक्ने अवस्थामा रहेकाले वर्तमान राजनीतिक अवस्था ,दलाल संसदीय व्यवस्थाको विकल्पमा सच्चा माक्र्सवादी संस्कृतिकर्मीहरुको लेखन,चिन्तन अगाडि बढेमा मात्रै साँस्कृतिक आन्दोलनले सही दिशा लिने कुरामा पनि उहाँहरुको जोड रहेको थियो । वर्तमान अवस्थामा प्रगतिशील र प्रगतिवादी भन्नेहरुबाटै प्रगतिशील साँस्कृतिक आन्दोलनमा धोका भएको भन्दै वक्ताहरुले अब विकल्पको रुपमा अगाडि बढ्न ढिला गर्न नहुने कुरा औंल्याउनु भयो । कार्यक्रममा साँस्कृतिक आन्दोलनका धरोहर तथा अध्ययता आहुतीले “प्रगतिवादी साँस्कृतिक आन्दोलनको संगठित अभ्यास ”र नन्दीश अधिकारीले “प्रगतिवाद ः सिद्धान्त र सिर्जना ” शीर्षकमा आधारपत्र पत्र प्रस्तुत गर्नुभएको थियो ।अन्तरक्रिया कार्यक्रममा टिप्पणीकर्ताहरु वन्दना ढकाल र कृष्णहरी भट्ट रहनु भएको थियो ।कार्यक्रममा सहभागीहरुले पनि वर्तमान अवस्थामा माक्र्सवादी साँस्कृतिक आन्दोलन कसरी अगाडि बढाउनु पर्छ? भन्ने विषयमा व्यापक चिन्तन मनन हुनु पर्ने कुरा राख्नु भएको थियो । सहभागीहरु हुकुमबहादुर सिंह ,हिमांसु ,हिरामणि दुःखी , मदन अर्याल , जगदीशचन्द्र भण्डारी , वसन्त विश्वकर्मा , राजेश्वरी लगायतले प्रगतिशील आन्दोलनलाई अगाडि बढाउन माक्र्सवादी चिन्तकहरुले ध्यान दिनु पर्नेबारेमा आ–आफ्ना धारणा र प्रश्नहरु राख्नु भएको थियो । कार्यक्रमको अध्यक्षता माक्र्सवादी साँस्कृतिक मोर्चा नेपालका संयोजक इस्माइली र सञ्चालन विष्णु भण्डारीको रहेको थियो ।

फोटो ः जय दाहाल

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित