जयपुर दक्षिण मान्सरोबरमा कार्यरत नेपालीहरुको बीचमा अखिल भारत नेपाली एकता समाज

जयपुर राजिस्थान । अखिल भारत नेपाली एकता समाज जयपुर दक्षिण मान्सरोबरमा कार्यरत नेपालीहरुको बीचमा पुगेको छ । समाजले १३ अप्रिल २०२५ कादिन अखिल भारत नेपाली एकता समाज पश्चिम् उत्तर क्षेत्रिय समितीको मातहतमापर्ने जयपुर दक्षिण मान्सरोबरमा अखिल भारत नेपाली एकता समाजको समिति गठन भएको छ । गोपाल परियारको पहल केन्द्रीय सचिव नारायण शर्माको उपस्थितिमा ११ पुर्ण २ वैकल्पिक गरी १३ जनाको समिती गठन गरिएको हो । जसमा अध्यक्ष गोपाल परियार, उपाध्यक्ष सिता परियार, सचिव विन्दु परियार, सहसचिव निकिता परियार, कोषाध्यक्ष वसन्ता परियार, सदस्यहरु प्रेमबहादुर परियार, गामु परियार, राहुल परियार,मुना परियार, जोग बहादुर बिक एक स्थान रिक्त राखिएको छ । वैकल्पिक सदस्यहरुमा निखिल परियार, सुस्मिता परियार रहेका छन्।सबैलाई केन्द्रीय सचिव नारायण शर्माले नयाँ साल २०८२ को क्यालेन्डर र सदस्यता प्रदान गर्नु भयो । सबै बाट आएका प्रश्नको जवाफ पनि दिनु भएको थियो ।

 

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित