काठमाण्डौ । आगामी जेठ ३ गते विविध साँस्कृतिक प्रस्तुति हुँदै छ । सुसेला सङ्गीत समुहको आयोजनामा अप्रिल २२ अर्थात २०८२ जेठ ३ गते दिनको ४ बजे राष्ट्रिय नाँचघर जमलमा हुने आयोजकले जनाएको छ । कार्यक्रममा नेपालका स्थापित जनपक्षीय कलाकारहरु एवम् रक्तिम साँस्कृतिक अभियानका कलाकारहरु , सामना ,इसास ,आदि प्रसिद्ध कलाकारहरुको साँङ्गीतिक प्रस्तुतिका साथमा नाटक प्रहसन क्यारिकेचर लगायत विविध साँस्कृतिक प्रश्तुति रहने आयोजकले बताएका छन् । दोबिल्ला किताबघर बागबजार , हुरी स्टुडियो कुपोण्डोल ललितपुर , थाहा पुस्तक पसल माइतीघरमा टिकट पाइने पनि आयोजकले बताएको छ ।

Comments

