काठमाडौं ।चीन र संयुक्त राज्य अमेरिकाका बीचमा व्यापार परामर्श संयन्त्र बनाउने सहमति भएको छ । चिनियाँ उपप्रधानमन्त्री हे लाइफेङले मे ११ मा स्विट्जरल्याण्डको जेनेभामा चीन –अमेरिका आर्थिक तथा व्यापारिक मामिलासम्बन्धी उच्चस्तरीय बैठक पछि सो कुरा बोलेको चिनियाँ संचार माध्यम बेइजिङ रिभ्युले जनाएको छ । बैठक पछि चिनियाँ उपप्रधानमन्त्री हे लाइफेङले भने,“ बैठक गहन, स्पष्ट र रचनात्मक रह्यो।”
उनी, चीन–अमेरिका वार्ताका लागि चिनको तर्फबाट प्रमुख व्यक्ति हुन् । वरिष्ठ चिनियाँ अधिकारीले दुई पक्ष प्रमुख सहमतिहरूको श्रृंखलामा पुगेको बताए।उनले वर्तमान परिस्थितिमा, अन्तर्राष्ट्रिय समुदायले बैठकलाई नजिकबाट हेरिरहेको उल्लेख गरे।
दुवै पक्षको संयुक्त प्रयासबाट वार्ता फलदायी भएको उनले बताए। उनले यो समान संवाद र परामर्श मार्फत मतभेद समाधान गर्ने दिशामा एक महत्त्वपूर्ण कदम भएको र यसले मतभेदहरूलाई थप कम गर्न र सहयोगलाई गहिरो बनाउन जग बसालेको र परिस्थिति सिर्जना गरेको बताए।
चीन र संयुक्त राज्य अमेरिकाबीचको आर्थिक तथा व्यापारिक सम्बन्ध दुई देशका लागि मात्र ठूलो महत्वको छैन तर यसले विश्वव्यापी अर्थतन्त्रको स्थिरता र विकासमा पनि महत्त्वपूर्ण प्रभाव पार्छ, उनले भने।
उनले दुवै पक्षलाई समस्या समाधानका लागि व्यावहारिक दृष्टिकोण अपनाउन, स्पष्ट संवाद र समान परामर्श गर्न, मतभेद व्यवस्थापन गर्न, सहयोगको सम्भावनाको अन्वेषण गर्न, सहयोग सूची विस्तार गर्न र सहयोगको दायरा ठूलो बनाउन आह्वान गरे, ताकि चीन–अमेरिका सम्बन्धमा नयाँ विकासलाई अगाडि बढाउन सकियोस्। चिन र अमेरिका बीच भन्सार कर वृद्धिमा द्वन्द्व चलिरहेको बेला उक्त सहमति हुन थालेको हो ।

