हावा , हुरी र वर्षातले किसान मर्कामा

काठमाडौं । चितवनका किसानहरु हावा , हुरी र वर्षातले मर्कामा परेका छन् । वैशाख ३१ गते र जेष्ठ १ गते आएको हावा,हुरी र वर्षातले किसानहरुको केरा,मकै लगायतका बालीलाई क्षति पु¥याएको हो । कृषि विकास कार्यालय चितवनकी सूचना अधिकारी सुरुचि अधिकारीले हाँक टुडेलाई बताइन् ,“कति क्षति भएको छ भन्ने कुराको अझै विवरण आइसकेको छैन । कृषि विकास कार्यालयले सबै पालिकाहरुलाई क्षतिको विवरण पठाउन भनेको छ । पालिकाहरुबाट विवरण आएपछि सो कुरा भन्न सकिन्छ ,यतिबेला किसानहरुले केरा र मकै लगाएका छन् । केराको प्राय किसानहरुले विमा गरेका हुन्छन् क्षति भएको केराको विमाकालागि यस कार्यालयबाट हामीले सिफारिस गरिदिन्छौं । ” क्रान्तिकारी महिलासंगठन नेपालकी संयोजक अम्विका मुडभरीले आफ्नो पनि केरा क्षति भएको बताइन् । उनका अनुसार हावा हुरीले स्कुल र घरको छानो उडाउने ,केरामाक्षति पु¥याउने गरेको बताईन् ।

 

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित