समाज गतिशील बनाउन रचनात्मक कार्य गर्नुपर्दछ

किसनबहादुर वि.क.
समाज सामन्तवादी समाजबाट रुपान्तरण भई पूँजीवादी समाजमा प्रवेश गरेको छ । सामन्तवादी समाजको राजनैतिक पक्ष पूर्ण रुपमा अन्त्य भएको छ भने समाजमा साँस्कृतिक पक्षको संस्कार पक्ष अझै पनि प्रबल रुपमा रहेको छ । समाज मूलतः पूँजीवादी समाजमा रुपान्तरण भएको छ । समाजको उत्पादन प्रणाली मूलभूत रुपमा पुँजीवादी भए पनि नेपाली समाजको चरित्र विश्लेषण गर्ने हो भने अझै सामन्ती रहेको पाईन्छ।नेपाली कम्युनिस्ट पार्टीका नेता कार्यकर्ता सामन्ती संस्कार भित्र समाजवाद खोज्छन् जो कुरा असम्भव छैन। आज हामी यसैबाट शिक्षा लिदै नयाँ बाटोमा रोजेका छौँ। जुन बाटो हो छुट्टाछुट्टै गुट ,उपगुट बनाएर आ–आफ्नै अडानमा रहने नेपाली सर्वहारावर्गको मुक्तिको सपना देखाउने यस्ता कम्युनिस्ट गुटले नत पार्टीको नैं हित गर्नसक्छ नत जनताको त्यस कारण नेपाली कम्युनिस्ट हरूको एउटै उद्देश्य हुनुपर्छ त्यो उदेश्य प्राप्तिका लागि सच्चा कम्युनिस्ट पार्टी एकीकरण हुनुपर्ने आजको आवश्यकता हो।
तर नेपाली कम्युनिस्ट पार्टीहरूले मार्क्सवाद, लेनिनवाद,माओवाद, माओविचाधारा आफ्नो पदपर्दशक सिद्धान्त मान्दछन् त्यसै सिद्धान्त बाट विचलित हुन्छन् किन भने विश्व कम्युनिस्ट पार्टीको कार्यशैली फरक हुनसक्छ सिद्धान्त विचार किन फरक मान्छन् त्यस के बुझिन्छ भने आफ्नो स्वार्थ पूरा गर्न कम्युनिस्ट विचार फरक फरक ढंगले विश्लेषण गर्दछन । त्यो कुरा नेपाली कम्युनिस्ट पार्टीका व्यवहारिक पुष्टि गरेको हामी पाउँछौं
नेपाली क्रान्तिले गति लिन सक्दैन क्रान्तिकारी कम्युनिस्ट पार्टी एक ठाउँमा आउनुपर्छ भन्ने हेतुले क्रान्तिकारी कम्युनिस्ट नेपालको निर्माण भएको छ। यस्को पहिलो प्राथमिकता भनेकै पार्टी एकता, एकीकरण तथा संयुक्त मोर्चा कार्यगत एकता गर्दै पार्टी नयाँ जनवादी क्रान्ति सफल पार्दै वैज्ञानिक समाजवादको बाटोमा पार्टी अघि बढेको छ। अहिले विश्वभर पुँजीवाद संकटमा परेका बेला समाजवादको निकै चर्चा र बहस हुने गरेको छ । खासमा समाजवादका मुख्य विशेषता के के हुन बुझ्न जरुरी छ ।
१.राजनीतिक विशेषता
विकसित पुँजीवाद र साम्यवादबीचको सङ्क्रमणकालीन राज्य व्यवस्था नै वैज्ञानिक समाजवाद हो । यो साम्राज्यवाद, विस्तारवाद, उपनिवेशवाद र दलाल पुँजीवाद विरोधी राज्य व्यवस्था हो । यो समुदाय केन्द्रित सामाजिक आर्थिक पद्धतिमा आधारित हुन्छ । आर्थिक विकासको सामाजिक सम्बन्धको विशिष्ट ऐतिहासिक चरण हो । वैज्ञानिक समाजवाद बनि बनाउ र आकस्मिक रूपमा नभएर ऐतिहासिक विकासक्रमको शृङ्खलामा विकसित उत्पीडक र उत्पीडित वर्गबीचको सङ्घर्षको लामो प्रक्रियाबाट स्थापित हुन्छ । प्राथमिक चरणमा पुँजीवादी र समाजवादी द्वैध आर्थिक पद्धति अस्तित्वमा रहन्छ तर उच्च चरणमा आर्थिक, सामाजिक र सांस्कृतिक स्वरूप समाजवादीकरणको उच्चतम विन्दुमा पुग्छ, जहाँ पैसाको मूल्य, ज्याला र पुँजी सञ्चय न्यून हुँदै जान्छ । यसैको जगमा साम्यवाद निर्माण गरिन्छ ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित