काठमाडौ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल ३ नम्बर व्यूरो (भेरी कर्णाली व्यूरो) ले सुकुम्बासीहरुलाई बिचल्ली पार्न नहुने बताएको छ । व्यूरो इन्चार्ज शिखर र सेक्रेटरी प्रकाश ऊर्जाले संयुक्त विज्ञप्ति जारी गर्दै सुकुम्बासीहरुलाई बिचल्ली पार्न नपाइने र बिना तयारी सुकुम्बासीहरुलाई उठिबास लाउने सरकारको कार्यको विरोध गरेका छन्।२०८३ वैशाख १७ गते उक्त विज्ञप्ति प्रकाशित गरिएको हो। विज्ञप्तिमा भनिएको छ –“भूमिहिन सुकुम्बासीहरूको उठिबास लगाएको प्रति हाम्रो पार्टीको गम्भीर ध्यान आकर्षण भएको छ। साम्राज्यवादद्वारा प्रायोजित २०८२ फागुन २१ गतेको कथित निर्वाचनबाट करिब दुई तिहाइको फासीवादउन्मुख कठपुतली सरकारले देशको राजधानी लगायत बाँके, बर्दिया, सुर्खेतका विभिन्न ठाउँमा लामो समयदेखि बसोबास गर्दै आएका भूमिहिन सुकुम्बासी तथा गरिब निमुखा जनताको छानबिनअनुगमन गरी, पहिचान गरेर वैकल्पिक बसोबासको उचितव्यवस्था नगरी उठिबास लगाएर जनतालाई विचलित पार्न तुरुन्त रोक्नुपर्दछ। अन्यथा भूमिहीन गरिब सुकुम्बासीजनताको न्यायको लागि हाम्रो पार्टीजस्तोसुकै सङ्घर्ष गर्न बाध्य हुनेछ। यसबाट उत्पन्न हुने परिस्थितिको जिम्मेवार राज्यपक्ष नै हुनेछ ।”

