काठमाडौं । कर्णाली प्रदेशका जाजरकोट, सल्यान, रुकुम पश्चिम, दैलेख र सुर्खेत जिल्लामा बहुउपयोगी भनेर चिनिने चुत्रो जरैदेखि खनेर बेच्ने काम भइरहेको छ । गत चैत्र र वैशाखमा क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले जनसम्बन्ध विस्तार अभियानका सिलसिलामा चुत्रो विनास रोक्न स्थानीय प्रशासन र जनप्रतिधि संस्थाहरुलाई विशेश जोड दिएर माग गरेको थियो ।
पछिल्लो समय चुत्रोको माग र व्यापार बढेपछि ठूलो परिमाणमा चुत्रो नेपालगन्ज हुँदै भारत निकासी हुन थालेको छ।
अहिले जरैबाट निकालेर चुत्रोलाई विभिन्न ठाउँमा थुप्रो बनाएर राखिएको देखिन्छ।
गाउँगाउँबाट सङ्कलन गरी व्यापारीहरूले ट्रकका ट्रक चुत्रो नेपालगन्ज हुँदै भारत निकासी गरिरहेका छन् ।
नलगाड नगरपालिकाले गत फागुनमै चेतावनीस्वरुप चुत्रा विनास नगर्न वक्तव्य प्रकाशित गरेको थियो । चुत्रा विनास गर्ने कार्य नरोकिएको हुँदा सम्बन्धित पक्षहरुको बेलैमा ध्यान जान आवश्यक छ ।

