साहित्यिक पत्रिका ‘इच्छुक’प्रकाशित

काठमाण्डौ । इच्छुक साँस्कृतिक प्रतिष्ठानको त्रैमासिक पत्रिका ‘इच्छुक’ वर्ष १२, पूणाङक १२, २०८२ बैशाख प्रकाशित भएको छ । यसमा गौरी देवकोटा ,नरायण मरासिनी ,रोति दाहाल ,शीला योगी ,ङुगीवा थिओङोको कथा, अनिल श्रेष्ठ , ईश्वरी ओझा ,कविता राय कोहिनुर ,जगदिशचन्द्र धनेशवर पोख्रेल,पुन्य प्र्रसाद आचार्य “बाछिटा”,पेमा लामा ,बलराम तिम्लिसिना ,विष्णुमाया न्यौपाने समर्पण न्यौपानेको कविता , नारायण शर्मा ‘विपिन’ भीम रानाभाट ,रविकिरण निर्जीव , शान्ति पनेरु र सुनिता देवकोटाको संस्मरण ,डा.छायादत्त न्यौपाने ,तेजविलास अधिकारी ,प्राडा नन्दीश अधिकारी ,हिरामणिदुःखी र मित्रलाल पंज्ञानीको समालोचना ,पुस्तक परिचय र प्रतिष्ठानका गतिविधहरु समेटिएको छ ।इस्माली ,मोदनाथ मरहट्टा, डा.छायादत्त न्यौपाने र गौरी देवकोटाको सम्पादन रहेको इच्छुकको मूल्य रु १५० रहेको छ । साहित्यको खजाना समेटिएको ‘इच्छुक’ सबैले अध्ययन र संग्रह गर्दा राम्रो हुन्छ ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित