पुरस्कार तथा सम्मान समारोहमा उपस्थितिकोलागि अनुरोध

काठमाण्डौ । इच्छुक साँस्कृतिक प्रतिष्ठानले इच्छुक स्मृति तथा बलिदान दिवसको अवसरमा हुन लागेको पुरस्कार तथा सम्मान समारोहमा उपस्थितिको सबैमा अनुरोध गरेको छ । प्रतिष्ठानले कार्यक्रम दिनको १२ः३० बजे प्रतिष्ठान रहेको स्थान घट्टेकुलोमा हुने जनाएको छ । बलिदान दिवसको अवसरमा इच्छुक प्रतिष्ठानले इच्छुक साँस्कृतिक पुरस्कार २०८१ प्रदान गर्दैछ । प्रतिष्ठानद्वारा दिइने मूल पुरस्कार नृत्य निर्देशक आदर्श राई ,प्रतिभा पुरस्कार कलातर्फको नृत्यकार तथा बाध्यवादक सफल सोडारीलाई र साहित्य तर्फको पुरस्कार कवि मनु वि.क.लाई दिइँदै छ । इच्छुक साँस्कृतिक प्रतिष्ठानले हरेक वर्ष प्रगतिवादी साहित्य र कला क्षेत्रका सर्जक तथा प्रतिभाहरुलाई ῾इच्छुक साँस्कृतिक पुरस्कार᾿ प्रदान गर्दै आएको छ ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित