प्रकाशित भयो ‘व्यक्ति र विचार’

काठमाडौं । रामबहादुर बुढाद्वारा लिखित पुस्तक ‘व्यक्ति र विचार ’ प्रकाशित भएको छ । यस पुस्तकमा स्रोह जना व्यक्तिहरुबारे लेखिएका लेखहरु संकलन गरिएको छ । व्यक्तिका जीवनीपरक ,विचारपरक र प्रवृतिगत विशेषताहरुलाई उजागर गरिएका लेखहरु यो संकलनमा समाहित गरिएको छ ।कार्ल माक्र्स ,लेनिन ,माओ , रोजा लक्जेम्ेवर्ग ,क्लारा जेटकिन , नदेज्दा क्रुप्सकाया ,किम इल सुङ ,हो चि मिन्ह ,फिडेल क्यास्त्रो ,चारु मजुमदार , पुष्पलाल ,गोञ्जालो ,मिलेराँ , लुइस हेनरी मोर्गन , हावर्ड फास्ट र राहुल सांकृत्यायनकाबारेमा लेखिएका लेखहरु यस संग्रहमा परेका छन् । यसलाई नव चेतना प्रकाशनले प्रकाशित गरेको हो । जम्मा ११२ पृष्ठको यस पुस्तकको मूल्य २३० नेपाली रुपियाँ राखिएको छ ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित