२०२६ मा नवौं अखिल भारत सम्मेलन

भारत । अखिल भारत नेपाली एकता समाजको नवौं अखिल भारत सम्मेलन आगामी २०२६ भित्र सम्पन्न गरिने भएको छ। सो कुरा अखिल भारत नेपाली एकता समाजका अध्यक्ष आनन्द थापाले सन् २०२५ जुलाई १८ तारिखका दिन एक वक्तव्य जारी गर्दै जानकारी गराउनुभएको हो। हालै भारतको हैदरावाद शहरमा प्रशिक्षण सहितको केन्द्रीय समितिको बैठक पछि बैठकका निर्णयहरुलाई जानकारी गराउन अध्यक्ष थापाले वक्तव्य जारी गर्नू भएको हो । नेपाली असामाजिक तत्वहरूले गरेका विभिन्न चोरीका मुद्दाहरूमा निर्दोष नेपालीहरुलाई अनावश्यक रुपमा दमन गर्ने भारतीय प्रहरी प्रशासनको विरोध गर्ने वक्तव्यमा जनाइएको छ। वक्तव्यमा असामाजिक तत्वहरुलाई कारबाही गर्ने, अपराधी गतिविधि नियन्त्रण गर्ने कुरामा भारतीय प्रशासनलाई सहयोग हुने पनि जनाइएको छ। नेपालमा रहेका संसदीय पार्टीहरूका नेता र सरकारमा रहेका मान्छेहरुले उद्योग धन्दा, कल कारखानाको विक्री, भ्रष्टाचारका अनेकौ प्रकरणको विरोध गरिएको छ । केन्द्रीय समितिको बैठकपछि अध्यक्ष आनन्द थापाद्वारा जारी गरिएको वक्तव्य यसप्रकार छ ।–

“अखिल भारत नेपाली एकता समाज केन्द्रीय समितिको बैठक दिनाङ्क १२ जुलाई २०२५ का दिन अध्यक्ष आनन्द थापाको अध्यक्षतामा तेलंगाना राज्यको हैदराबादमा सम्पन्न भएको छ। बैठकले गरेका कतिपय महत्वपूर्ण निर्णयहरुलाई सार्वजनिक गर्नका लागि यो प्रेस वक्तव्य जारी गरिएको छ ।

अखिल भारत नेपाली एकता समाजले आफ्नो स्थापनाकालदेखि नै भारतस्थित नेपालीहरूको हक अधिकार र सुरक्षाको प्रत्याभूति गर्नको लागि हमेशा अग्रपंक्तिमा रहेर निरन्तर रुपमा सम्झौताहीन संघर्ष गर्दै अविभावकीय भूमिका निभाएको गौरवमय इतिहास रहेको छ। त्यसका साथै अशिक्षित, असंगठित , असामाजिकहरुलाई संगठित र सचेत बनाउँदै असल सामाजिक भावनाको विकास तथा राष्ट्र र राष्ट्रियता, भारत र नेपाली जनता बीचको मित्रवत सम्बन्ध अत्यन्तै मैत्रीपूर्ण रहँदै आएको छ। हालमा भारतव्यापी रूपमा भारतीय र नेपाली केही असामाजिक तत्वद्वारा चोरी, डकैती,हत्या,हिंसा, बलात्कार जस्ता अमानवीय जघन्य प्रकारका गतिविधि गरिएका घटनाहरुले हाम्रो संगठनको गम्भीर ध्यान आकर्षण भएको छ। उक्त घटनाहरुले जनस्तरमा आफूहरू असुरक्षित एवं अब के हुने हो भन्ने प्रकारका आशंकाहरु पैदा भएका छन् र जनस्तरको सम्बन्धमा पनि आशंकाहरु उत्पन्न भएका छन् । त्यस्ता अपराधिक गतिविधि गर्ने असामाजिक तत्वहरुलाई तुरुन्त प्रचलित कानून अनुसार कार्वाही गर्न जोडदार माग गर्दछौं र त्यस्ता गतिविधि रोक्न प्रशासनलाई हाम्रो तर्फबाट सहयोग गर्ने प्रतिबद्धता प्रकट गर्दछौं। साथै पुलिस प्रशासनलाई अनुसन्धानको नाममा पहिचान पत्रको माग गर्ने, पहिचानपत्र खोस्ने,हिरासतमा राख्ने गरी साधारण जनतालाई अनावश्यक मानसिक र शारीरिक यातना नदिन पनि माग गर्दछौं ।

हाम्रो संगठन राष्ट्रियता,जनतन्त्र र जनजीविकाको पक्षमा निरन्तर आर्थिक , नैतिक तथा भौतिक रुपमा योगदान पु¥याउँदै आएको गौरवपूर्ण इतिहास साक्षी छ । तर आज जनताको आन्दोलनबाट स्थापित अधिकारहरु संसदीय प्रचलनको विरुद्ध पहिलो र दोस्रो संसदीय पार्टी नेकपा एमाले र नेपाली काङग्रेसको सरकारले देशका कलकारखाना , उद्योग धन्दा प्राकृतिक सम्पदा र देशको महत्वपूर्ण उर्जावान श्रम शक्ति युवा विद्यार्थी नक्कली भुटानी शरणार्थी र भिजिट भिषाको नाममा बिक्री गरी संगठित भ्रष्टाचारलाई बढावा मात्र दिएका छैनन् विश्वस्तर मै देशको बेइज्ज्यत गराएका छन् । अर्को तर्फ प्रमुख राजनीतिक पार्टीहरुका यिनै देश तथा जनविरोधी गतिविधिका कारण प्रतिगामी शक्तिहरुले चलखेल गर्ने अवसर पाएका छन् । चौतर्फी अराजकता अस्थिरताले देशमा के हुने हो भन्ने आशंका उत्पन्न भएको छ । सरकार स्पष्ट रुपमा दलालको भूमिकामा छ । यो दलाल संसदीय व्यवस्थाले निम्त्याएको समस्या समाधान गर्न नेपाली राजदूत मार्फत नेपाल सरकारका प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउने र भारतव्यापी रुपमा विभिन्न प्रकृतिका संघर्षका कार्यक्रम सञ्चालन गर्ने निर्णय गरिएको छ ।

बैठकले समाजमा रहेका विभिन्न प्रकारका अवसरवादी संगठनले उत्पन्न गरेका भ्रम चिर्नै, भारतव्यापी रुपमा डिसेम्बर २०२५ भित्र नगरस्तरका भेला सम्मेलन र फरवरी मार्च २०२६ भित्र क्षेत्रीय स्तरका भेला र सम्मेलन सम्पन्न गर्ने र नवौ अखिल भारत सम्मेलन पनि २०२६ भित्र गर्ने सांगठनिक योजना बनाएको छ। उक्त अभियानभित्र जनताका समस्या समाधान गर्न र जनचेतना जगाउँदै आन्दोलनको रुपमा अभियान सञ्चालन गरी संगठनलाई व्यवस्थित र व्यापकता दिने निर्णय गरेको छ । ”

 

 

 

 

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित