एक ऐतिहासिक काल खण्डमा ‘डाईनामिक युथ लीग नेपाल’

-भरत बुर्जा मगर
मोहन बिक्रम सिंह नेतृत्वको नेकपा (मसाल) समर्थित अनेरास्ववियू (छैठौं) को वि.सं. २०४२ साल जेठ १५ देखि २१ सम्म भारतको गोरखपुरमा भएको नवौं राष्ट्रिय सम्मेलनबाट असन्तुष्ट भै राष्ट्रिय सम्मेलन आयोजक समितिको महासचिव भरतमणि दाहाल, जन सांस्कृतिक महासंघका मणिचन्द्र थापा, यूवा विद्यार्थी नेता भरत बुर्जा मगर, विद्यार्थी काठमाडौं जिल्ला अध्यक्ष जनकराज शाह, ललितपुर जिल्ला अध्यक्ष कृष्ण अर्याल, महिला विद्यार्थी नेत्री द्वय कमला हिमचुली र हुस्न वानु सेख, पत्रकार विद्यार्थी नेता ईश्वरी वाग्ले लगायत चितवन, धादिङ र काठमाडौं उपत्याकाका सयौं प्रतिनिधिहरुले संमेलन हलबाट विद्रोह गरी नेपाल फर्किए । उक्त संमेलन हलमा मोहन विक्रम सिंहले नेकपा (मसाल) फुटको पुस्ट्याई गर्न नसकेकोले, सही सवाल गर्दा उचित जवाफ नदिई शंकाको दृष्टिले हेरेकोले, माक्र्सवाद–लेनिनवाद– माओविचारधारा बिस्तृत अध्ययन गरी क्रान्तिकारी युवा विद्यार्थीहरुलाई संगठित र सचेत गर्दै नयाँजनवादी क्रान्ति सम्पन्न गर्न नेपालमा एक सच्चा जुझारु, क्रान्तिकारी कम्युनिष्ट पार्टी निर्माणको सघाउ गर्ने उदेश्यले वि.सं. २०४२ साल श्रावण १८ गते ललितपुर पुल्चोक ईन्जिनियरिङ्ग क्याम्पस हलमा सबै युवा विद्यार्थी उपस्थित भै ‘‘डाईनामिक युथ लीग नेपाल’’ ९म्थलबmष्अ थ्यगतज ीभबनगभ० गठन गरियो । आलोपालो नेतृत्व गर्ने गरी १) भरतमणि दाहाल (दाङ), २) मणि चन्द्र थापा (प्यूठान) ३) भरत बुर्जा मगर (सिन्धुली) रहेको अध्यक्ष मण्डल सहित सहस्यहरु १) जनक राज शाह (अछाम), २) कृष्णराज अर्याल (अर्गाखाँची), ३) नारायणबाबु थापा (गोरखा), ४) ईश्वरी वाग्ले (तनहुँ), ५) मधुसुदन रायमाझी (चितवन), ६) कमला हिमचुली (काठमाडौं), ७) भोला खनाल (काठमाडौं), ८) फटक थापा (सर्लाही), ९) कमलेश डिसी (दाङ), १०) हुस्न वानु शेख (कपिलवस्तु) ११) कृष्ण सिग्देल (कपिलबस्तु) १२) टेकेन्द्रध्वज गुरुङ (हुम्ला) चुनिनु भएको थियो । डाईनामिक युथ लिगले नेकपा (मशाल) को महासचिव किरण, नेकपा (मालेमा) का कृष्णदास श्रेष्ठ, नेकपा (न्यूकल्स) शम्भुराम श्रेष्ठ, नेकपा (चौम) का निर्मल लामा, सर्वहारावादी श्रमिक संगठनका रुपलाल विश्वकर्मा लगायत क्रान्तिकारी नेता तथा विद्वानहरुबाट राजनीतिक, वैचारिक र सैद्धान्तिक प्रशिक्षण र कक्षा लिनुको साथै माकर््सवादी दर्शन, राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवाद लगायत माक्र्स, लेनिन र माओका योगदान सहित विश्व कम्युनिष्ट आन्दोलन सहित नेपाली कम्युनिष्ट आन्दोलनका बारेमा विस्तृत अध्ययन गरी सबै युवा विद्यार्थीहरुलाई रुस, चीन, उत्तर कोरियाद्वारा निर्मित क्रान्किारी फिल्म, साहित्य, दार्शनिक सामाग्रीहरु प्रदर्शित गरायो ।

डाईनामिक युथ लीग नेपालद्वारा स्थापना देखि वि.सं. २०४४ सालसम्म आउँदा निम्न कुराहरु संश्लेषित गरियो ।
१) नेपाल अर्धसामन्ती, अर्धऔपनिवेशिक देश हो ।
२) नेपालमा दीर्घकालीन जनयुद्धद्वारा नयाँ जनवादी क्रान्ति गर्नु पर्छ ।
३) नयाँ जनवादी क्रान्ति गर्न माक्र्सवाद–लेनिनवाद–माओवाद मान्ने एक जुझारु क्रान्तिकारी कम्युन्टि पार्टी निर्माण गर्नुपर्छ ।
४) पञ्चायती निर्वाचन बहिष्कार गर्दै जनयुद्धको तयारी गर्नु पर्छ ।
५) कमरेड माओले माकर््सवादको दर्शन, राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवादमा ठूलो योगदान गर्नुको साथै अन्य विकसित देशमा समाजवादी क्रान्तिको लागि आधार तयार गर्न नयाँ जनवादी क्रान्ति गर्नुपर्ने त्यसको लागि दीर्घकालिन जनयुद्धको फौजी विज्ञान दर्शनको विकास, दीर्घकालीन जनयुद्धको फौजी कार्यदिशा तयार गरी सन् १९४९ मा चीनमा नयाँ जनवादी क्रान्ति सम्पन्न गरी वैज्ञानिक समाजवादमा आर्थिक, फौजी र सैद्धान्तिक आधार तयार गरी प्रतिक्रान्ति रोक्न निरन्तर क्रान्तिको सिद्धान्त र सर्वहारा साँस्कृतिक क्रान्ति सन १९६६ देखि १९७६ सम्म चीनमा संचालन गरी समाजवादलाई बचाई विकाश गर्नु भएकोले माओले माक्र्सवाद–लेनिनवादलाई उच्च तेस्रो चरणमा माक्र्सवाद–लेनिनवाद–माओवादमा विकास गर्नुभयो । डाईनामिक युथ लिग नेपालले माओवाद भन्नुपर्छ भन्यो ।

नेकपा (मशाल) सित डाईनामिक युथलीग नेपालको मिल्ने आधारहरु १) पथप्रदर्शक सिद्धान्त माक्र्सवाद–लेनिनवाद–माओवाद २) नयाँजनवादी क्रान्ति दीर्घकालीन जनयुद्धद्वारा ३) पञ्चायती निर्वाचन बहिष्कार मुख्य यी कुराहरु मिल्ने भएकोले मिति २०४४ साल श्रावण २० गते डाईनामिक युथ लिग नेपालको बैठक बसी नेकपा (मसाल) सित एलाईन्स गर्ने निर्णय गरी नेकपा (मशाल) का नेतृत्वसित संयुक्त बैठक बसी डाईनामिक युथ लिग नेपाल कम्युनिष्ट पार्टी नभएकोले विद्यार्थी संगठनमा एलाईन्स गर्ने निर्णय अनुसार २०४४ श्रावण २५ गते अनेरास्ववियू केन्द्रिय कार्यालयमा विद्यार्थी अध्यक्ष भानुशर्मा, उपाध्यक्ष दिपक महत र महासचिव तोयनाथ थपलिया डाईनामिक यूथ लीगबाट भरतमणि दहाल, मणिचन्द्र थापा र भरत बुर्जा मगरको संयुक्त बैठकले यो दुई संस्थाहरु एकीकरण भै भरत दाहाललाई विद्यार्थीको नेतृत्व, मणिचन्द्र थापालाई जन साँस्कृतिक केन्द्रिय टीममा र भरत बुर्जामगरलाई पार्टीको सहायक संगठन अखिल नेपाल युवक संघको वाग्मति अञ्चल सदस्य सहित काठमाडौं जिल्ला अध्यक्षको जिम्मेवारी दिईयो । नेपाली नयाँ जनवादी क्रान्तिको तयारीको आन्दोलनको एक कालखण्डमा डाईनामिक युथ लीग नेपाल निर्माणभै पुनः कम्युनिष्ट पार्टीमा विलिन भै नयाँ जनवादी क्रान्तिको लागि २०५२ साल फागुन १ बाट महान जनयुद्धमा होमियो । फेरि नयाँ जनवादी क्रान्ति पुरा गर्दै वैज्ञानिक समाजवादमा चुम्नको लागि मोहन वैद्य किरण नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी), सन्तबहादुर नेपाली नेतृत्वको नेकपा (मशाल) र हेमन्तप्रकाश ओली नेतृत्वको नेकपा (बहुमत) ३ पार्टीहरु मिलेर बनेको क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालमा आबद्ध हुँदै बाँकी क्रान्तिलाई अगाडि बढाउने कार्यमा योगदान दिने लक्ष्य बनाएको छु ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित