सिन्धुली । सिन्धुली जिल्लाले जनवर्गीय मोर्चा र जातीय मोर्चाको संयुक्त भेला सम्पन्न गरेको छ । क्रान्तिकारी दलित मुक्ति मोर्चा नेपाल र क्रान्तिकारी किसान महासंघको संयुक्त भेला सप्पन्न भनेको छ । भेलामा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको वैकल्पिक केन्द्रिय सदस्य एवम् क्रान्तिकारी दलित मुक्ति मोर्चाको कार्यलय सदस्य शोभा बिस्वकर्मा, किसान महासंघका १० नम्बर ब्यूरो संयोजक कमरेड थलप्रसाद देबकोटा, क्रान्तिकारी दलित मुक्ति मोर्चा नेपालका ब्युरो संयोजक श्याम बिश्वकर्माको उपस्थितिमा सम्पन्न भएको छ । भेलाले जिल्ला भर नै मोर्चाको सदस्यता वितरण तीव्र बनाउने निर्णय सहित नयाँ नेतृत्व कमिटी निर्माण गरेको छ ।
भेलाले दुवै मोर्चाको १३ सदस्यीय रहेको कमिटी निर्माण गरेको छ । क्रान्तिकारी दलित मुक्ति मोर्चा नेपालले जितबहादुर नेपाली –अध्यक्ष,कृष्ण लुहार ,उपाध्यक्ष, तबिर बिक ,सचिव, डिल्लिमान तोलाङ्गे कोषाध्यक्ष र अन्य सदस्यहरु अमृत तोलाङ्गे,फडिन्द्र सदा,बुद्धि बिक रहने गरि १३ जनाको कमिटी बनेको छ । त्यस्तै क्रान्तिकारी किसान महासंघको जिल्ला कमिटी पनि १३ सदस्य रहने गरि कमिटी चयन गरेको छ । जसमा अध्यक्ष हरि महत, उपाध्यक्ष –शङ्कर थापा, सचिव गोरक बुढाथोकी, कोषाध्यक्ष –बेदबहादुर थापा सहित सदस्यहरु–राजन चौहान,कृष्ण कार्की, बासु बराल सहित नयाँ कमिटी निर्माण भएको छ । भेलाको संचालन किसान महासंघका जिल्ला अध्यक्ष हरि महतले गर्नुभएको थियोे भने भेलाको अध्यक्षता क्रान्तिकारी दलित मुक्ति मोर्चा नेपालका जिल्ला अध्यक्ष जितबहादुर नेपालीले गर्नुभएको थियोे ।
अन्तमा जिल्ला पार्टीको इन्चार्ज एवम् सचिव जिवनले भेलाको कमिटी घोषणा र नयाँ कमिटीलाई शुभकामना दिदै जिल्ला भर सबै जनबर्गिय मोर्चाहरु र जातीय मोर्चाहरुको सदस्यता वितरणमा जोड दिदै पार्टीको नीति कार्यक्रमको प्रशिक्षण दिएर सक्रिय बनाउने प्रतिबद्धता सहित शुभकामना व्यक्त गर्नुभएको थियोे ।

