भ्रष्टाचार

शालिकराम भण्डारी
भ्रष्टाचार कुनै पनि समाजको निमित्त महारोग हो । यसको जन्म व्यक्तिगत सम्पत्ति र राज्यको उत्पत्ति पछि भएको हो । भ्रष्ट्राचार ४ ठाउँमा हुन्छन् । (१) राज्य (२) निजी पुँजी( ३) सहकारी र (४) धर्मको आधारमा इश्वरको श्रृजना गरेर गिरिजाघर ,मस्जिद ,मठ मन्दिर र यहुदी धर्मका पवित्र स्थलहरु यी नै भ्रष्टाचारका केन्द्रहरु हुन् । अर्को बुद्धमतमा पनि यसको अस्तित्व कम छैन । शुरु देखि नै भ्रष्टाचारी र भ्रष्टाचार पीडित जनताबीच संघर्ष निरन्तर जारी छ । एकथरी मान्छेले अर्को थरि मान्छेलाई शोषण, दमन भ्रष्टाचार गरेको ग¥यैछन् । भ्रष्टले जनमतलाई भ्रम पार्न आफू मानवतावादी परोपकारी पवित्र निष्कलंक , महात्मा ,महापुरुष आदिनाम विभूषित गर्छ तर यथार्थ सत्यले यस्तो भनाइलाई इन्कार गर्छ । युग अनुसार यसको रुप परिवर्तित हुन्छ । वृद्धि हुन्छ । सामन्तवादी युगमा भुमिपतिले भूमिहीन, कर्मभूमि मालिक ,किसानलाई शोषण ,भ्रष्टाचार गर्थे । भूमिपतिको रक्षक राजा ,राजसंस्था थिए , निम्नवर्गमा मानिसहरु सदा पीडित हुन्थे । सामन्तवादी अर्थव्यवस्था फालेर समाज पुँजीवादी उत्पादन प्रणालीमा प्रवेश गरेपछि पुँजीपतिद्वारा मजदुर ,गरिब किसान , अन्य निम्न पुँजीपति वर्गको रक्षक पुँजीवादी प्रजातान्त्रिक सरकार भयो । भ्रष्टाचार कमी भएन ,उन्मूलनको कुरा गर्नु व्यर्थ बकबास मात्र हुन्छ ।
सामन्तवादी पुँजीवादी व्यवस्थामा हुर्केको विश्वव्यापी महारोग नेपालमा फैलिएको छ । तीव्रगतिमा छ । जनता पिसिएको पिसियै छन् । जनताको पीडा वेदना भनि नसक्नु छ । विश्व कम्युनिष्ट आन्दोलनको एउटा शाखा नेपाल कम्युनिष्ट पार्टी हो । यो पार्टीमा जन्मदेखि आजसम्म धेरै फुट ,विभाजन भए । धेरैजसोले माक्र्सवाद ,लनिनवाद, माओवाद च्याट्टै छोडेर पूर्णरुपले पूँजीवदी मार्गमा लागेका छन् । यो दक्षिणपंथी संशोधनवादीहरु विरुद्ध लड्दै लड्दै बचेकाहरु कतै व्यक्ति समुहमा तितरवितर छन् , कसैले पार्टी खोलेका छन् । उद्देश्य सर्वहारा वर्गको नयाँ जनवाद हुँदै समाजवाद प्राप्त गर्ने रहेको छ । मध्ये एउटा पार्टीको क्रान्तिकारी कमयुनिष्ट पार्टी नेपाल । यसले नेपालमा प्रचलित भ्रष्टाचार सम्बन्धमा गहिरो अध्ययन गरी भ्रष्टाचार विरोधी अभियान सञ्चालन गरेको छ रयसमा सहभागी हुन सवै चेतनशील जनतार्ला आह्वान गरेको छ । किनकि यस रोगबाट समाजलाई मुक्त गर्ने एउटै मात्र बाटो छ । संघर्ष रयस पार्टीको ठम्याइ यही छ ।
अहिलेको नेपालको ३ तहका सरकार छन् । ती ३ तहका सरकार हुन् केन्द्र , प्रदेश र स्थानीय तह । यी तीन तहमा हुने गरेको भ्रष्टाचार राजनीतिक भ्रष्टाचार हो । यसको क्षत्राधिकार धेरै फराकिलो छ । प्रधानमन्त्री देखि लिएर स्थानीय तहको वडा सदस्य सम्म यसको गति पहिलो नम्बरमा पर्छ । यसमा पुँजी लगानी गर्नु पर्दैन , मौखिक निर्देशनमा गरिन्छ , प्रमाण दिँइदैन । विना प्रमाण पनि कतै सजाय भोग्न प¥यो भने सजाय धेरै ठूलो हुँदैन । एकथरिले दिएको सजाय अर्को थरिले माफ गरिदिन्छ । सामन्ती निरंकुश शाही कालमा थरिथरिका कुरै उठदैनथे । एकैथरी मात्र सर्वैसर्वा हुन्थ्यो । यो पुँजीवादी प्रजातान्त्रिक कालमा विषय उठाउन केही समयकोलागि पाइएकै छ । तर अलि प्रतिकूल हुन लाग्यो भने बिचैमा रोक लगाइन्छ । केन्द्रको संसददेखि स्थानीय तहको सभाहरुमा छलफल बहसहरु अत्यन्त हुन्छ झगडा हुन्छन् , आरोप्रत्यारोप लगाईन्छन् । भ्रष्टाचार कम गर्न उन्मूलन गर्न कोही केही बोल्दैन । व्यूरोक्रेसी सत्ता सञ्चालनको मुख्य अंगको सबै यसैको जिम्मामा हुन्छ । जस्तो सिंहदरबारदेखि स्थानीय हसम्म यहाँबाट हुने भ्रष्टाचार अझ डरलाग्दो हुन्छ । यी प्रशासकहरुको मुख्य काम जनताको निमित्त हुँदैन । यिनीहरुको धन्दा राजनीतिक मालिकहरुलाई कसरी खुशी पार्ने मात्र हुन्छ । बहुसंख्यक जनता कसरी घातमुक्त छन् ?
राजनैतिक ,प्रशासनिक तहका व्यक्तिहरुले आफ्नो अधिकार भन्दा माथि गएर काम गरेको भ्रष्टाचार गरेको जस्ता क्रिायकलाप माथि निगरानी ,नियन्त्रण गर्न सजाय तोक्न सरकारले अख्तियार दूरोपयोग निवारण आयोग गठन गरेको छ । त्यसको काम निवारण होइन प्रोत्साहन हुन गएको छ । ठूलालाई प्रोत्साहन सानाई निगरानी नियन्त्रण किन यस्तो ? स्पष्ट छ जसले भर्ना ग¥यो उसको निर्देशन बाहिर जान मिल्दैन अन्यथा उसैको भविष्य अनिश्चित हुन्छ । गठबन्धन सरकारको कोटामा भाग वन्दा गरिन्छ । जसको कोटाले त्यहाँ पु¥यायो त्यसैको रक्षा गर्नु पर्दछ कोटा प्रणालीले गर्दा अयोग्य व्यक्ति ,पार्टी कार्यकर्ता हरेक विभागमा भर्ना गरिन्छन् । भ्रष्ट प्रशासन,भ्रष्ट आचरण साथमा संविधानले शक्ति पृथकीकरणको सिद्धान्तलाई स्वीकारेको छ । कार्य पालिका शासन गर्छ । व्यवस्थापिका संविधानको नियम कानुन बनाउँछ, न्यायपालिका निम्न कानुन विपरीत काम भएमा सत्य असत्य छुट्टाएर न्याय दिने काम गर्छ उसैको दमन अरुमाथ हुन्छ , व्यवस्थापिका बहुमत भए पुगिहाल्यो ।यसैले न्यायपालिकामाथि शक्ति प्रयोग गर्छ । नियुक्ति जसलाई गरेपनि भयो मनपरि स्वेच्छाचारी शासन व्यवस्था प्रजातान्त्रिक, व्यवस्था भ्रष्टाचार उन्मूलन कमी कहाँबाट हुनेछन् ?
अर्को भ्रष्टाचारको केन्द,्र निजी व्यक्तिगत पूँजीलाई प्राथमिकता दिनु पुँजी तीन तहका हुन्छन् । १) राज्य २ ) निजीपूँजी ३) सहकारी पुँजी ,नेपालको अर्थतन्त्रमा राज्य पुँजी कमजोर छ । आवश्यक शासन सन्चाालनको निमित्त मानिसद्वारा विदेशबाट पठाएको रकमद्वारा वार्षिक बजेट विनियोजन गरिन्छ । केही रकम अति सानो विकास उद्योग कृषि व्यापार रोजगारकोलागि छुट्टाए पनि भ्रष्टाचारमा नै सम्भव हुन्छ । यसी राज्यको पुँजीको महत्व पटक्कै छैन । निजी पूँजी त्यसमा पनि दलाल, नोकरशाही पुँजीको भूमिका सर्वेसर्वा हुन्छ । मध्ययम वर्ग र राष्ट्रिय पुँजीले टाउको उठाउन सक्दैन । अब अर्थतन्त्रमा भ्रष्टाचारलाई कसले छेक्ने ? मिटरव्याजमा भएको भ्रष्टाचार पनि त सरकारले आर्थिक कारोबार गर्न छुट दिएको नै त हो नि । यसमा निजी व्यक्ति, निजी बैंकको सक्रियता हुन्छ । सत्ताले समय समयमा निश्चित व्याज तोकिदिन्छ । यसैलाई आड लिएर उनीहरुलाई अवैध कारोबार गर्न बाटो खुल्छ । नेपालमा अर्को भ्रष्टाचार सहकारी पुँजीबाट भएको छ । समाजवादी देशमा यो अंगले सरकारको संरक्षणमा काम गर्दछ । यसको प्रयोग व्यापक रुपले गरिन्छ । जनताले सानोतिनो रकम जुटाएर उद्योग कृषि व्यापार मा लगानी गर्छन् । जीवन स्तर उच्च गराउने यसको उद्देशय हुन्छ । नाफाहरु रकम अनुसार बराबर बाडिन्छ । आवश्यक पर्नेलाई नियम हनुसार झुटाको सुविधा पनि प्राप्त हुन्छ । कसैको मनपरि चल्दैन । पुँजीवादी उत्पादन पद्दति अनुकूल नै यसलाई पनि सञ्चालन गरियो । पुँजीवादी उत्पादन पद्दति अनुकूलले नै यसलाई पनि सञ्चालन गरियो । पुँजीवादमा प्रवेश गरेको नेपालकाले यसलाई अनुसरण ग¥यो ।देशभर यसका शाखाहरु छन् । सहकारी संस्था ठगिखाने संस्थामा परिणत भएका छन् । सहकारी नियम अनुसार यसमा काम भएन । सहकारी संस्था ठगिखाने संस्थामा परिणत भएका छन् । सत्तामा बसेका अथवा त्यहा पुग्न खोज्ने पार्टीहरुको मुख्य धन्दा यो पनि हुनु आएको छ । सहकारी ठगी प्रकरणको ज्यादती सही नसक्नु भएको छ । सानो तिनो रकम जुटाउनेहरु निराश भएका छन् । रकम जम्मा गरेको प्रमाण कार्ड लिएर सडकमा प्रदर्शन गरिरहेका छन् । उता सरकार टुलु टुलु हेरेर निस्क्रिय भएर बसेको बस्यै छ । संसदको चर्का चर्का बहस यस विषयमा एक शब्द बोल्दैन । अहिले एक जना सांसद यसै विषयलाई लिएर थुनामा छन् । आफूले निर्दोष भएको दाबी गरेका छन् । थुनाबाट सरकार विरद्ध ठूला प्रदर्शन गर्दै छन् । तर उनको पार्टीकोे सहकारी ठगि प्रकरण छ । सबै मिलेर यसलाई नष्ट गर्नु पर्दछ । पीडितलाई रकम फिर्ता गराइदिनु पर्छ भनेर सदन ,संसद र घरघरमा किन जाँदैन ? यो कुरा भने बुझि नसक्नु भएको छ । सरकार विरुद्ध संघर्ष गर्दा यो विषय पनि उठाउनु पर्ने होनि । सरकार निष्क्रिय रहेको त भनिसकियो । सरकार भ्रष्ट छ यो त मुख्य विषय हो ।
धर्मको आडमा गरिने भ्रष्टाचार अरु भ्रष्टाचारको विरोध गर्न त पाइन्छ । धर्म विपरित कुरा गरेर यहाँ पाप गरेको ठहर्दछ । इश्वर विरोधी भएको मानिन्छ । भ्रष्टहरु लगायत अन्य निष्कलंकहरु ,निद्रोषीहरुले पनि इश्वर विरोधी भएको भन्दै त्यस्तालाई तिरस्कार गर्छन् । त्यसैले पनि कोहीले लेख्न बोल्न आँट गर्दैन संसारमा ४ धर्म छन् । प्रमुख १) इसाइ २) मुश्लिम ,३) हिन्दु ,४) यहुदी । ती सबैमा भ्रष्टाचार अति भएको सीमा नाघेको पाइयो । इसाइ धर्ममा आपसी संघर्ष तीव्र हुँदा त्यो धर्म २ फ्याकमा बाँडियो ।१ ) कैथोलिक , २) प्रोटेष्टेन्ट ,अर्थनीति नियम अनुकुल नभएको नियम लगाइयो तर खासमा आर्थिक घोटाला नै प्रमुख देखियो । त्यसैगरी मुश्लिम धर्ममा २) सुन्नी हिन्दु धर्ममा समय समयमा विस्फोट भए । १) अति कट्टरपन्थी २) उदारवादी । राजनीतिमा पनि यिनैको प्रभाव रह्यो । रहिरहेको छ केही वर्ष अगाडि अति कट्टरपंथी द्वारा मस्जिद भत्काइयो ,राम मन्दिर बनाइयो । त्यसमा अरबौं रुपैयाको भ्रष्टाचार भएको छ । प्रमाण खोज्न अन्यत्र जान पर्दैन । त्यहाँका उदारवादीहरुले केन्द्रीय ससदमा लक्ष्य प्रमाण सहित विरोध गरे। गिरहेकै छन् । नेपालका मठ मन्दिरको हालत त्यस्तै छ । यहाँको सर्वश्रेष्ठ मानिने पशुपतिनाथको मन्दिरको हालत त्यस्तै छ । यहाँको सर्वश्रेष्ठ मानिने , पशुपति नाथको मन्दिरमा दलाल , नोकर शाही पुँजीपति वर्ग सामन्त र मारवाडी बन्धुहरुको राज छ । हर हिसाब लेखाजोखा अनुगमन केही छैन । जनता अन्धभक्त छन् । राज्य अथवा सरकार त्यसैको बलियो संरक्षक भएर बसेको छ । यही हालत यहुदीधर्ममा छ ।
त्यसैले सामन्तवादी दलाल पुँजीवादी साम्राज्यवादी व्यवस्था अन्त्य नहुँदा सम्म भ्रष्टाचार अन्त्य हुन सक्दैन , कमी पनि हुँदैन । केही कारणले केही केही कमी भयो भने पचासौं ठाउँबाट उब्जिन्छौं । यसलाई कमी यसलाई उन्मूलन गर्न जनगणतन्त्र हुँदै समाजवादी गणतन्त्रमा पुग्नु पर्छ अहिलेको विरोधको कारण जनतालाई चेतनशील बनाउनको लागि हो । अँध्यारो वर्तमानलाई उज्यालो भविष्यमा छिटो भन्दा छिटो पु¥याउनलाई हो । पुँजीवादी कम्युनिष्टलाई समाजवादी कम्युनिष्ट ,माक्र्सवादी कम्युनिष्टमा रुपानतरित गर्त कतै सकिन्छ कि भनेर पनि हो । २०८२÷५÷ १२

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित