ऐतिहासिक नयाँ विद्रोहको(रिर्मोट) पुरानै

नारायण प्रसाद भण्डारी
सर्व प्रथम नेपालमा जेनजी युवाहरुको नेतृत्वमा भएको ऐतिहासिक विद्रोहमा राष्ट्रको लागि विरताको इतिहास रच्नु हुने महान सहिदवीर योद्धा प्रति हार्दिक श्रदान्जली साथै उहाँहरुको परिवारजन शुभेच्छुक आफन्तहरुमा गहिरो संबेदना प्रकट गर्दै धैर्य धारण एबं शोकलाइ शक्तिमा रुपान्तरण गर्नु हुन हार्दिक अनुरोध गरिन्छ । साथै घाईते, अपागंहरुको शीघ्र स्वास्थ्य लाभको कामना वेपत्ता योद्धाको खोजी कार्य गर्नमा राज्य द्धारा छिटो छरितो होस भन्ने अपेक्षा राख्दै नेपालकै प्रथम महिला प्रधान मन्त्री सुशिला कार्कीज्युको कार्यकालमा राज्यले अग्रगमनको यात्रामा अघि बढने आशा अपेक्षा सहितको शुभकामना । भरखरै २०८२,भाद्र २३र २४को नेपालमा भएको नयाँ जेनेरेसनका युवा पिढीले गरेको नयाँ प्रकारकै मात्र दिनले २ समयको हिसाबमा २७ घण्टा भित्रमा नेपालका २ ठूला दलको मिलीजुली गठबन्धन सरकारलाइ घुडा टेकाउँन शाहसी कदम चाल्नु हुने जेनजीहरुलाई धन्यवाद । अहिलेको विद्रोहले निरन्तर ३० वर्ष सम्म लुटिएका भ्रष्टाचारको कर्तुत अवैधानिक कालो धनको पनि पर्दाफास गरेको छ । अझै २५० वर्षको कर्तुत कालो धन र अकुत अवधानिक सम्पत्ति राष्ट्रिय करण गर्न बाँकी छ ।नेपाली जनताले ठूलो विस्वास गरेका छन । गणतन्त्रको नाममा जनतालाई जुन प्रकारको पीडा भोग्न बाध्य बनाइएको थियो पीडाको बदला अहिले जनताले कसको घरमा कति लुटिएको सम्पत्ति रहेछ प्रत्यक्ष भएपछि जनता खुसि छन ।
यो विद्रोहले नेताका घरबाट बोराका बोरा ५०० ,१०००का र विभिन्न देशका डलर गडडीका,गडडी त्यस्तै गरेर काँचो सुन अमूल्य धातुबाट बनाइएका गरगहना पुरानो शब्दमा ओबा भनिन्थ्यो ओबा भनेको धन सम्पत्ति लुकाउने खाल्डो वा शुरक्षित ओभरी अध्यारो कोठी भित्र अबैध धन सम्पत्ति भेटाइए आँगन भरि करोडांैका थरी थरीका गाडी भएका घर भित्र सुविधा जन्य महल गेटमा सरकारी शुरक्षा दस्ता सोफामा हजारौ मूल्यका खर्तनाक कुकुरहरु प्रत्यक्ष भौतिक रुपमै देखिए पछि नेता आफै विमुख हुन बाध्य भए । के बोल्ने ?त्यो त तिनीहरुले बैकमां विदेशमा लुकाएर अरबांैका सम्पत्ति जोडेर राखेको होइन गाडेको धन हो । कारण त्यसरी राख्नुको विकल्पै थिएन बैंकमा राख्न पनि स्रोत खुलाउनु पर्ने स्रोत के खुलाउने? ठाउँ नभेटाएर दबाइएका सम्पत्ति हुन अरु विदेशी बंैक आफन्तका नाममा त कति छ कति ? त्यसकारण हामी स्तम्भकारको नजरमा जे देखिन्छ ।त्यहि लेखिन्छ । हाम्रो कसै संग कुनै प्रकारको मत भिन्नता छैेन ।

हामीले कैयांै अकंमा सुझावमूलक लेख लेख्यौं । हाम्रा लेखको के काम मुर्खलाइ अर्ति उपदेश दिने झन माहामुर्ख बन्यांै तर अब त खोजी खोजी पढनु हुने छ । समयले फुर्सत पनि दियो । यो समय विगत लाई स्मरण गरेर पश्चाताप गर्दै कहाँ कहाँ चुकियो भनेर समिक्षा गर्ने र आगामी योजना पार्दर्शि बनाउने अबसरकोरुपमा लिनु बद्धिमानी होला?भनिन्छ अति गर्नु अतिचार नगर्नु यो त माहा अतिचार हो ।देशको सम्पत्ति लुटेर देश हरि कगांल बनाइयो । किसान रोएको छ ,शैक्षिक मजदुर सडकमा रोइ रहेका छन । युवा जती खाडीमा ५० डिग्री भन्दा माथिको तापक्रममा जल्न बाध्य छन । महिला दिदी वहिनी रोजगारमा गएका उतै बलातकृत भएका छन ।जता जाउँ कर्मचारीतन्त्रको मनपरि भ्रष्ट छ । घुस विना कुनै काम हुदैन ।साउनमा चाहिने मल फागुनमा आउँछ ।गाउँ गाउँमा हुने खाने जमिनदार सामन्त लगाएतका ठूला ठालु सेना पुलिसका श्रीमती र कसै कसैका परिवार समेतले मिटर ब्याजको धन्दा ले गरिब हरुको उठिबास लागेको छ ।

लघु वित्तिय सहकारी एबं च्याँउ उम्रेसरीका बंैकहरुले गरिबका बस्तीका बस्ती कब्जा गरिरहेका छन ।साहुको र बैकंको मिटर ब्याजी ऋृण तिर्न नसकेर मान्छे आत्म दाहा गर्न बाध्य बनाइएको छ ।देशका जनप्रतिनीधि मन्त्री लगाएतकाहरु कित विदेश भ्रमण कित महगां रिसोठ महगां रक्सी उतै मोज मस्ति ठूला ठालुका छोरा छोरीको त्यस्तै बेहाल बलत्कार पछिका हत्या त्यसपछि अदालत गरिबको त न्यायालयनै भएन भैहाले पनि सजायका लागि जेल तोक्छ ।सरकारले आम माफि दिन्छ ।नेपालका किसानले फलाएका कुनै पनि बस्तुको मूल्य छैन ।धौ धौका फलाएको बस्तु कसैले घुइया भाउँमा लगदैन बाध्यताबस बारीमै सडेर जान्छन ।सिमा पारीका कुहेका चिज कमिसनको सेटिङमा अमूल्य बनाइएका छन ।बाली जन्य जमिन दलाल कर्मचारी भूमाफिया मिलेर पलटिङगरी उजाड बनाइएका छन । सरकारी विद्यालयहरु ध्वस्त पारेर निजी स्कूल स्वयं पार्टीका नेता झोलेहरुका डोनेसनमा सन्चालित छन ।गरिबका सन्तानले सरल सहज तरिकाले लेख्न पढन उच्च शिक्षा पाउने अबस्था छैन ।स्वास्थ्य क्षेत्र सरकारी मा मान्छेको भिड मेला छ। उस्तै परे विरामीले डक्टर देख्न नपाउदै लाइनमै मर्छ ।

तिनको पीडा पोख्ने कुनै निकाय छैन ।डक्टरले वास्तै गर्दैनन निजी क्लीनीक मा भेटने समय दिन्छन । त्यसकारण जुन मानविय क्षति भयो यो अति दुखद हो । देश र जनताको लागि परिबर्तनको पक्षमा हिडेका विर आमाका सन्तान माथि निर्मम तरिकाले गोलि चलाउने र आदेश दिने इतिहासकै कलंक हुन त्यस्तो काहाली लाग्दो अबस्थामा पनि कत्ति विचलित नभै झणडै नाला पानी किल्ला काँगडाको झल्को दिने गरिको यती ठूलो वलिदानी शाहसी कदम चालेर देश र जनताको इच्छा चाहना आबश्यताको जुन विद्रोह आधुनिक युगका युबाहरुले गर्नु भयो फेरी पनि धन्यवाद दिदै केहि तत्काल भन्नेै पर्ने कुरा अहिले नयाँ पीढिले गरेको नयाँ प्रकारको विद्रोह बाट जसरी देशमा आमूल परिवर्तनको लक्ष्य उद्धेश्य राखिएको छ ।जुन उद्धेश्यले गरियको वलिदानी हो ।त्यसै को मर्म अनुसारको जनताले प्रत्यक्ष अनुभूतिगर्न पाउने लायकको काम होस ।नेपाली जनताले चाहेको देशमा शुसासन अमन चयन सुब्यबस्था शान्ती शुरक्षा कानुनी राज्यको अनुभूति गर्न र देश स्वाभिमानी एबं राष्ट्रको शिर सगरमाथा जस्तै उच्च बनाउने, भ्रष्ट्रचारको अन्त्य,भ्रष्टाचारी लाइ कार्बाही ,अकुत सम्पत्तिको राष्ट्रिय करण हुनु नै विद्रोहको सफल्ता हुने छ । विगत राणकालिन निरङकुश शासन का विरुद्ध देश र जनताको नाममा बलिदानी गर्ने प्रथम महान सहिदहरुलेहामी मरेर देश र जनताले मुक्ति पाउँछ भने देश र जनताको लागि वलिदानी दिन तयार छौ तर निरङकुश शासन संग झुक्ने बाचा गर्दैनौ भन्दै ती चार जना वरि शहिदहरुले हाँसी हाँसी विरताको इतिहास सुनौला अक्षरमा कहिल्यै नमेटिने गरी अमिट छाप छोडेर गए ।

त्यो एउटा परिवर्तन चाहनेको लागि ऐतिहासिक भाबि पुस्ताको लागि शिक्षा थियो । त्यसपछि पटक पटक साना ठूला अनगिन्ति आन्दोलन हरु भए ।त्यसमा पनि नेपाली जनताका होनहार सन्तानले शाहादात प्राप्त गरे । त्यसपछि २०५२ देखि २०६२ ,०६३ सम्म यो देशले काहाली लाग्दा घटना संग मुकाविला गर्दै १० बर्षे जनयुद्ध १९ दिने जनआन्दोलनमा सबै त्यागेर नेपाली जनता समर्पित भए ।त्यो समयमा देशको कति धन जन को क्षति भयो ?कति बेपत्ता भए ?हाल सम्म कुनै एकिन मूल्याकंन केही भएन ।युद्धका विर सहिदका परिवार बेपत्ता,घाइते परिवारको विचल्लीत छ । जनताको काँध चढेर सरकारमा गएकाहरु उतै र्चुलुम्म हुने गरि डुबे उनले संसार बिर्से ।कहिले काँहि हामीले गरेको कुकृत्यको जवाफ फिर्ता पाउनु पर्ने हो कि ?भन्ने थोरै पनि होस चेत आएन ।सरकारमा जानका लागि कुनै कसरत बाँकी राखेनन युद्धताक टाउँकाको मूल्य तोक्ने र तोकिमाग्ने समेतका चुनावि चिन्ह साटासाट सम्मको दुनियामा नभाको जात्रा देखाए । त्यो सबै खेल भ्रष्टाचार कै लक्ष्य उदद्धेश्यमा थियो ।यिनीहरुले गणतन्त्रलाइ लुट तन्त्रमा बदले ।

अन्तमा भन्नु पर्दा २०४६ ,२०४७ताक बाम मोर्चा र काङ्गे्रस ठिक ठाउँमा थिए ।जब सत्तामा गए पछि चरम बिग्रीए ।उनहिरुकैे कारण जनयुद्ध जन्म्यो ।जनयुद्धको समयमा माओवादी माथि देखि तल सम्म संसारकै नमुना योग्य थिए ।जब युद्धबाट सरकारमा पुगे त्यसपछि माओवादी जस्तो कामै नलाग्ने मान्छे समाजमा अरु कोहि भएन त्यसरी विग्रे । जस्को परिणाम नयाँ आधुनीक २१ औ शताब्दीका नयाँ जेनेरेशन जेन जी हरुको उदय हुन पुग्यो र ऐतिहासिक विद्रोह पनि सफल्तामा पुग्यो ।आन्दोलन युद्ध विदा्रेहको सेरो फेरोमा सवै साइजमा हुन्छन जब सरकारको कुर्सिमापुग्छन त्यस पछि एन जीओ आइ एन जीओ ( र )का एजेन्ट विचौलिया विभिन्न थरीका माफिया सुरा शुन्दरी को भूमरीमा नेतृत्व फस्छ तब सबै खलबलिन्छ ।जनतामा असन्तुष्ट जन्मन थाल्छ ।विदेशी स्वदेशी दलालहरु हावीहुन्छन ।फेरी केही समयको नयाँ अनुहार पुरानै अबस्थामा पुग्छ ।यो आज सम्मको भोगाइ हो ।अर्को कुरा नेपालमा जति जति बेला परिवर्तन हुन्छ ।त्यसको निर्णय दिल्ली र ह्वाइटहाउँसमा हुने पुरानो परम्परा हो ।अहिले पनि दुखका साथ भन्नु पर्दा नेपालमा विद्रोह हुदै थियो दिल्लीका मिडियाले नेपालको नयाँ प्रधान मन्त्री घोषणा गर्दै थियो ।त्यसकारण नेपालका परम दुश्मन भनेका विस्तारवादी (र)का एजेन्ट, विचौलिया, विभिन्न प्रकारका माफिया,साम्राज्यवादी ,नवफासिवाद ,दलाल, भ्रष्टाचारी एन जीओ आइ एन जीओ ,घुस्याँहा कर्मचारी तन्त्र,दलाल पुँजीवाद लगाएतले कुनै पनि ब्यबस्था नयाँ परिबर्तन भएको देख्न र टिक्न दिदैनन ।जसरी पनि समाप्त पार्छन । यिनी विषयबाट बच्न सक्नेले मात्र देशमा सुशासन चलाउन सक्छ । अब तपाइहरु संग दलाल विचौलिया (र)का एजेणटहरु  निकटतम पृय बन्ने बेला आयो ।उनीहरुका फोन सम्मान एबं स्वागतका खाम भित्रका ललिपपले फुर्सत नहुन सक्छ ?त्यसकारण नयाँ आन्दोलन विद्रोह हुदै जाने व्यबस्था फेरिदै जाने त्यसको सन्चालन रिमोर्ट पुरानै अबस्था बाट जानेको नीरन्तरता भयो भने फेरीपनि यति ठूलो लगानी बाट सबैको साथ सहयोगले प्राप्त उपलब्धि गुम्ने छ । आज हामीले गरेको विद्रोह पुनः अरुले गर्न बाध्य हुनेछन ।यी विषय प्रति चनाखो रहने आशा अपेक्षाका साथ धन्यवाद ।सबैमा चेतना भया ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित