ईदी हाइड्रोपावर कम्पनी लिमिटेडको साधारणसभा सम्पन्न

काठमाडौ.। ईदी हाइड्रोपावर कम्पनी लिमिटेडले मिती २०८२ आश्विन ३० गते बार्षिक साधारण सभा सफलता पूर्वक सम्पन्न गरेको छ । सभामा कम्पनीका सञ्चालक, शेयरधनी तथा अन्य आमन्त्रित अतिथिहरु उपस्थित थिए । कम्पनी अन्र्तगत सञ्चालनमा रहेको आयोजनाले मिती २०८२ बैशाख देखि विद्युत उत्पादन गरी बिक्री वितरण गर्दै आईरहेको छ । कम्पनीले IPO  को ऐजेण्डा सहित आ.ब. २०८१÷८२ को लेखापरीक्षण भएको वित्तीय विवरण स्वीकृती, आ.ब. २०८२÷८३ को लेखापरीक्षकको नियुक्ती र निजको पारिश्रमिक स्वीकृती, व्यक्ती वा संस्थाहरुलाई रणनैतिक साझेदारको रुपमा संस्थापक शेयरधनी भित्राउने लगायत प्रबन्ध पत्र तथा नियमावलीमा आवश्यक संशोधन सहितका ऐजेन्डाहरु पारित गरेको छ । साथै कम्पनीले निर्वाचन पक्रियाबाट सञ्चालक समिती समेत चयन गरेको छ । नयाँ सञ्चालक समितीमा युरेसमान कायस्थ, आनन्ध चौधरी, कृष्ण प्रसाद खाताखो, तिर्थ राज पुरी र दिपिका प्रधान चयन भएका छन । सभामा अध्यक्षले आगामी दिनहरुमा कम्पनीले अन्य आयोजनाहरुमा लगानी गर्दै जाने योजना समेत रहेको सभा समक्ष जानकारी गराउनु भएको छ ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित