आइक्यानका चार्टर्ड एकाउन्टेन्ट सदस्यहरुले स्नातकोत्तर उपाधि हासिलगर्ने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर

काठमाडौं, मंसिर १४, २०८२ । नेपालको लेखाव्यवसाय क्षेत्रको नियमनकारी निकाय तथा चार्टर्ड एकाउन्टेन्सी शिक्षा प्रदायक नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) र भारतको प्रतिष्ठित मणिपाल विश्वविद्यालय जयपुर (एमयूजे) बीच द्विपक्षीय समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको छ । लेखा, लेखापरीक्षण, वित्तकर तथा यससँग सम्बद्ध विषयहरूको शिक्षण, सिकाइ, अध्ययन तथा अनुसन्धान, पेसागत विकास, स्रोतसाधनको आदानप्रदान तथा संस्थागत सञ्जाल विस्तारमार्फत शैक्षिक तथा व्यावसायिक उत्कृष्टता अभिवृद्धि गर्ने दुवै संस्थाको साझा उद्देश्य हासिल गर्न आपसी सहकार्य तथा सहयोग आदानप्रदान गर्नको लागि यो समझदारी गरिएको हो ।

ललितपुर, सातदोबाटोस्थितआइक्यानको प्रधानकार्यालयमाआयोजित समारोहमानेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाकातर्फबाट संस्थाकाअध्यक्षसिएनिलबहादुर सारु मगर र मणिपाल विश्वविद्यालयजयपुरका तर्फबाट अध्यक्षडा. नीति निपुणशर्माले हस्ताक्षर गर्नुभयो । यो ऐतिहासिक सम्झौताले दुई संस्थाबीच सहकार्यका लागि शैक्षिक पहुँच तथा योग्यताको पारस्परिक मान्यता, संयुक्त अनुसन्धान र शैक्षिक विकास, विशिष्टीकृत शैक्षिक मोड्युलहरू, स्रोत–साधनको पहुँच, प्राध्यापक, विशेषज्ञ तथा विद्यार्थी आदान–प्रदानलगायत प्रयोजनको लागि संयुक्त समन्वय संयन्त्र निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ ।

समझदारीपत्रहस्ताक्षर कार्यक्रममाबोल्दै आइक्यानकाअध्यक्षनीलबहादुर सारु मगरले यसलाई एउटा उत्कृष्ट पहलको संज्ञा दिँदै अगाडि थप्नुभयो, ‘आइक्यानले यसलाई उच्चप्राथमिकतामा राखेको छ । यो समझदारी हाम्रा सदस्यहरूले एमयूजेमाएमकम डिग्री हासिलगर्ने र आफ्नो शैक्षिकतथा अनुसन्धान–उन्मुखकरिअरलाई थपविकास गर्नेअवसर पाउनेछन् । साथै, हामीले यो सहकार्यलाई कृत्रिम बुद्धिमत्ता, माइक्रो लर्निङ र अन्यउन्नतशैक्षिकनवप्रवर्तन जस्ता भविष्य–केन्द्रितक्षेत्रहरूमापनिविस्तार गर्नेअपेक्षा राखेका छौं ।’
उहाँले मणिपाल विश्वविद्यालयजयपुरसँगको यो सहकार्यले संस्थाका सदस्य र विद्यार्थीहरूलाई अन्तर्राष्ट्रिय स्तरको शैक्षिकतथाप्राविधिक ज्ञान हासिलगर्न रविश्वव्यापी रूपमाप्रतिस्पर्धी बन्न ठूलो मद्दत पुग्ने विश्वास लिएको पनि बताउनुभयो ।

एमयूजेका अध्यक्ष डा. नीति निपुण शर्माले आइक्यानसँग यो साझेदारीलाई औपचारिकतादिनपाउँदा साँच्चिकै खुसीलागेको बताउनुभयो । ‘आइक्यानले स्थापित गरेको उच्चशैक्षिक र व्यावसायिकमानकले एमयूजेलाई आइक्यानकापेशाकर्मीहरुको क्षमतालाई मान्यतादिँदै आफ्ना कार्यक्रमहरूमा एक वर्षको छुट दिन सक्षमबनाएको छ । हामी एमयूजेमा आइक्यानका प्रतिनिधिलाई एमयूजेमा गेस्ट लेक्चरको रुपमा सहभागी गराउन र अर्थपूर्ण शैक्षिक आदानप्रदानलाई सहज बनाउन तत्पर छौं । यो त सुरुआतमात्र हो, हामीले यो कार्यक्रमलाई विस्तार गर्ने र प्रभावकारी तरिकाले अगाडि बढाउने परिकल्पना गरेका छौं,’ उहाँले भन्नुभयो । यो साझेदारीले आइक्यानका सदस्यहरू र एमयूजेका विद्यार्थी तथा संकाय दुवैलाई प्रत्यक्ष लाभ तथा ज्ञान आदानप्रदान, शैक्षिक सुदृढीकरण र पारस्परिक मान्यताका अवसरहरूले महत्वपूर्ण योगदान पु¥याउनेछ ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित