– नरेन्द्रबहादुर थापा
मङ्सिर २४ गते बुधबारका दिन देशमा फेरि एकपटक राज्य सत्ता र जनविद्रोही शक्तिबीचको गहिरो असन्तुलनको चित्र देखा पर्यो । सरकारले जेन्जी विद्रोहको सफलतालाई अनेक बहाना बनाएर भदौ २३ गतेका नरसंहारकारी र २४ गतेका विध्वंसकारीहरुलाई कारवाही नगर्ने ,भ्रष्टाचारी नेताहरूलाई कारवाही नगर्ने र कुशासनको अन्त्य नगर्ने षड्यन्त्र गर्दै आन्दोलनकारीहरुको चाहना बिपरित संसदीय निर्वाचनको बहाना बनाएर ७६ जना सहिद र सयौं घाइते हुँदै सफलता प्राप्त गरेको जनविद्रोहलाई असफलतातर्फ धकेलिरहेको स्थितिमा फेरि अर्को षड्यन्त्र गर्दै एउटा संझौताको नाटक मन्चन गर्यो । जेन्जी विद्रोहीहरुलाई चित्त नबुझाइकन ब्यक्तिगत रूपमा लगेर जेन्जीहरुको तर्फबाट पनि संझौतामा हस्ताक्षर गराइयो । तर प्रधानमन्त्री सुशीला कार्कीकै सामु सम्झौताझको नाममा प्रस्तुत सरकारी ‘नाटक’को पर्दाफास गर्दै जेन्जी आन्दोलनकारीहरुले सार्वजनिक रुपमा सम्झौता च्यातेर विरोध जनाए । यो दृश्य केवल कागज च्यातिएको क्षण मात्र थिएन, यो जनआन्दोलनले राज्य सत्तालाई दिएको कडा राजनीतिक चेतावनी थियो।
१.सम्झौतामा जेन्जिको तर्फबाट जेन्जी विद्रोहीहरुले प्रतिनिधिको रूप मा पठाइएका ब्यक्ति थिएनन् भोजविक्रम थापा। उनी शहीद , घाइते तथा अपांगहरुको परिवारको तर्फबाट सरकारले छनौट गरेका ब्यक्ति थिए। संझौतापत्रमा उनको हस्ताक्षर भयो , तर विश्वास पैदा भएन । सत्ता निर्देशनका केन्द्रहरू, सुरक्षा संयन्त्र र प्रशासनिक संरचनामा बसेका प्रतिगामी शक्तिहरु सक्रिय नै रहे । जनतालाई शान्त पार्ने नाममा आधाअधुरा, अस्पष्ट तथा उद्देश्यहीन बुँदाहरु थोपरेर सरकारले फेरि पनि एउटा ‘मञ्चीय अभिनय’ प्रस्तुत गर्यो । यही बनावटीपनको विरुद्ध जेन्जी आन्दोलनकारीहरूले देखाएको प्रतिरोध, वस्तुतस् वास्तविक जनआक्रोशको आवाज हो।
२. यस्तो अवस्थामा स्वभावैले ञसम्झौताको नाममा नाटक किन रुझभन्ने प्रश्न उठ्छ । कुनै पनि राजनीतिक सहमति पक्ष(विपक्षको बीचमा भएको पारदर्शिता, उद्देश्य( स्पष्टता र प्रतिबद्धतामा आधारित हुन्छ । तर सरकारले एकतर्फी रूपमा मस्यौदा गरी ल्याएको कागजी सम्झौताले यसको कुनै पनि मापदण्ड पूरा गरेन ।
– आन्दोलनका मूल मुद्दाहरु न्याय, समावेशी पुनरसंरचना, दमनकारी केसहरूको निशस्तीकरण, राजनीतिक हकअधिकार र युवा पुस्ताको प्रतिनिधित्वबारे संझौतापत्रमा मौनता छाएको थियोे ।
– मुख्य मागहरूलाई अन्योलमा राखेर सस्तो भाषिक जालो बुनेर आन्दोलनलाई फुस्काउने प्रयास भएको षड्यन्त्र थियोे यो ।
– संझौताको मस्यौदामा सरकारी हस्तक्षेपलाई वैधता दिने मात्र उद्देश्य भएका बुँदाहरू राखिएका छन् ।
यसैकारण यो सम्झौता जनआन्दोलनको मूल धेयको विपरीत र जनआन्दोलनकै अपमान सरह बन्यो।
३. आन्दोलनकारीहरूको प्रतिरोध कागज होइन , क्रान्तिको मार्ग हो। प्रधानमन्त्रीकै अगाडि सम्झौता च्यातिनु सामान्य कुरा होइन। अब खोक्रा कागजले जनताको पीडालाई ढाक्न सकिंदैन ,भन्ने यो राज्यसत्तालाई ठाडो चेतावनी हो। जेन्जी आन्दोलन कुनै प्रशासनिक सम्झौताबाट टुङ्गिने विद्रोह होइन, पुस्तागत अपमान,बेरोजगारी,भ्रष्टाचार ,असमानता र दमनको विरुद्धको संघर्ष हो यो।
४.सम्झौता च्यातेर आन्दोलनकारीहरूले तीन प्रमुख सन्देश दिए।ती हुन् –
४.१ विद्रोहलाई कमजोर पार्ने डरपोक सम्झौता स्वीकार्य छैन।
४.२ राजनीतिक समाधान चाहिन्छ भने अधिकारिक स्पष्ट र क्रान्तिकारी बुँदाहरूमा सहमति गर ।
४.३ यो सङ्घर्ष कागजमा होइन ,व्यवहार र परिवर्तनमा नापिने हो।
५.सत्ता संरचना किन विचलित छ रुूभन्ने प्रश्नको जवाफ स्वयं सरकारलाई नै थाहा छ (
– जेन्जी आन्दोलनले देशभरका युवाहरूमा राजनीतिक चेतना जगाएको छ।
पुरानै शैलीले शासन गरिरहन राजनीतिक स्थान साँघुरिँदै छ।
–सम्झौताको नाममा समय किन्न खोज्दा उल्टै जनशक्ति एकीकृत हुँदैछ।
प्रतिगामी शक्तिहरू आन्दोलनलाई टुक्र्याउने , गुम्राहमा पार्ने र थर्काउने रणनीतिमा छन्, तर बिहिबारको घटनाले देखाउँछ, जनता फेरि एउटै मोर्चामा उभिन थालेका छन् ।
६.आन्दोलनको आजसम्मको समग्र अध्ययनबाट निष्कर्ष निकाल्न सकिन्छ , अब आन्दोलन निर्णायक मोडमा उभिएको छ । सरकारले अब पनि नाटक र कागजी धोकाका माध्यमबाट जनआन्दोलनलाई शिथिल पार्ने सोच त्याग्नुपर्छ। देशको भावी दिशा यो पुस्ताको हातमा छ र यो पुस्ता बुझ्छ ।
– परिवर्तन सम्झौताको खोक्रा शब्दले हुँदैन।
– परिवर्तन साहस, स्पष्टता र राजनीतिक इमान्दारिताले हुन्छ।
७.जेन्जी आन्दोलनकारीहरूले देखाएको साहसले सिद्ध गरिदियो( जनताको आवाजलाई दबाएर कागजी सम्झौताले समय लगायत ब्यक्ति किन्दैमा सत्ता स्थिर रहँदैन। देश अब निर्णायक मोडमा छ ( सम्झौता होइन, अग्रगामी परिवर्तनको मार्गमा ठोस कदम चाहिन्छ ।
त्यो ठोस कदम हो ,न्यायप्रेमी ,प्रगतिशील ,देशभक्त जेन्जीहरु लगायत जनतान्त्रिक ,वामपन्थी, जनवादी क्रान्तिकारी शक्तिहरूको राष्ट्रिय राजनीतिक सम्मेलन बाट निर्माण गरिएको संयुक्त मोर्चाद्वारा स्वाधीन संयुक्त सरकार गठन गरी उक्त सरकार मार्फत वर्तमान प्रतिक्रियावादी संविधान खारेज गर्ने र जन संविधान निर्माण गरी क्रान्तिलाई अगाडी बढाउने कार्यनीति नै अहिलेको परिस्थितिमा सही कार्यदिशा हुने छ ।
८.त्यसैले सम्बन्धित सम्पूर्ण न्यायप्रेमी जनसमुदायहरु सबैले यही बाटो अँघि बढ्न पहल गरौं । प्रतिक्रियावादी संसदीय निर्वाचन बहिष्कार गरौं । राष्ट्रिय राजनीतिक सम्मेलनबाट संयुक्त मोर्चा निर्माण गरौं । त्यसबाट स्वाधीन संयुक्त सरकार गठन गरौं । प्रतिक्रियावादी संविधान खारेज गरौं । जनवादी क्रान्तिलाई अगाडि बढाउँ । यस क्रममा जन संघर्ष ,जन प्रतिरोध संघर्ष , जन विद्रोह र सशस्त्र जनविद्रोह हुँदै नयाँ जनवादी क्रान्तिको खुड्किलो पारगरी जनगणतन्त्र हुँदै बैज्ञानिक समाजवादको बाटो अँघि बढौं । यो बाहेक जेन्जी विद्रोहका माग सम्बोधन गर्दै राष्ट्र , राष्ट्रियता , राष्ट्रिय स्वाधीनता , जनतन्त्र र जनजीविकाको समस्या समाधानको लागि अर्को कुनै विकल्प हुन सक्दैन । यो कुरा सबै आन्दोलनकारीहरुले मनन गरी कार्यान्वयन गरौं । धन्यवाद ! अभिवादन ।
मिति – २०८२ मंसिर २५ गते

