काठमाण्डौ । गृह मन्त्रालयले राष्ट्रिय झण्डाको दूरोपयोग नगर्न र राष्ट्रिय झन्डाको प्रयोग गर्दा त्यसको उच्च गरिमा र मर्यादालाई ध्यानमा राखी प्रचलित कानुनबमोजिम मात्र प्रयोग गर्न सबैलाई अनुरोध गरेको छ । गृह मन्त्रालयले २०८२ माघ ११ गते एक विज्ञप्ति जारी गर्दै सो अनुरोध गरेको हो ।
राष्ट्रको गौरव र स्वाभिमानको प्रतीक राष्ट्रिय झन्डाको प्रयोग गर्दा यसको उच्च गरिमा र मर्यादालाई ध्यानमा राखी प्रचलित कानुनबमोजिम मात्र प्रयोग गर्नु होला, अन्यथा यसको दुरुपयोग भएको पाइएमा कानुनबमोजिम कारबाही हुने व्यहोरा जानकारी गराइन्छ,’ मन्त्रालयद्वारा जारी विज्ञप्तिमा छ ।
पछिल्लो समय राष्ट्रिय झण्डाको निकै दूरोपयोग भएको छ । आफुलाई जेनजी बताउनेहरुले भदौ २३ र २४ गतेको विद्रोहमा नेपाली झण्डा ओढेर नै सहभागी भएका थिए । अहिले फागुन २१ गतेको लागि भनेर घोषणा गरिएको निर्वाचनको प्रचारप्रसारको सन्दर्भमा पनि राजनैतिक दलहरुले राष्ट्रिय झण्डाको प्रयोग अत्यधिक मात्रामा भएको छ । राष्ट्रिय झण्डाको व्यापक मात्रामा दूरोपयोग भएको भन्दै जनस्तरमा प्रश्न आइरहेको छ ।
राष्ट्रिय झण्डाको दूरोपयोग नगर्न गृहको अनुरोध
Comments

