नारायण प्रसाद भण्डारी
आमा नेपाल तिमीलाई संसारकी राम्री बनाउँला
चन्द्र सूर्य ध्वजालाई शिरमा राखी सजाउँला
संसारकै अग्लो सगरमाथा कुनै दिन हाम्रो हुन्नकी ?
पश्चिम लिपुलेख खाइसके सुस्ता पनि खान्छन की ?
हजारौं जगें पिलर विस्तारवादले ढाल्दै छ
साम्राज्यवादको मतियार संसदमा के बोल्दैछ ?
गरिबका छाक बास खोसिए अधिकार पनि खोस्दैछन्
अन्याय अत्याचारको विरुद्ध जनता सडकमा लडदैछन् ।
गरिब जनता सडकमा सामन्तहरु गगन चुम्बी महलमा
जेनजीको नाममा देश खरानी बनाइ बस्छन् सुख सयलमा ।
यिनै हुन नेपाल आमाका कथा व्यथा र पीडाहरु
गरिब जनता लाई महगीं र आत्मदाहका उपहारहरु ।
होसियार भ्रम छरेर राज गर्नेका विरुद्ध जनता एकजुट हँुदैछन
तिम्रा कुकृत्यका विरुद्धमा युद्धको विगुल फुक्दै छन्।
(त्यसकारण अबको अन्तिम विकल्प माकर््सवादी दर्शनशास्त्र हो )
आज नेपाल आमाको अवस्था माथि कवितामा उल्लेख गरे जस्तै दर्दनाक हुँदै गइरहेको छ । जहिले पनि सत्तामा जादाँ गरिब जनताका कथा व्यथा र पीडाका भावनामा खेल्दै चर्का चर्का उत्तेजक भाषण गर्दै सडकमा उतारिन्छ । उनीहरुले बोल्ने विषय भनेको भ्रष्टाचारको अन्त्य,महगीं नियन्त्रण,१९५०को सुगौली सन्धीको खारेजी,मिटर व्याज लघुवित्तका पीडक माथि कार्वाही, जनतालाई शुसासनको प्रत्याभूति,राष्ट्रको ऋणभारको अन्त्य,बेरोजगारी एवम् युवा शक्तिलाई विदेश पलायन हुनबाट देशमै रोजगारीको सृजना, कानुनी राज्य, शिक्षा स्वास्थ्यमा भैरहेको व्यापारीकरणको अन्त्य, जनता माथि थोपरेको करको अन्त्य ।हाम्रो देश विश्व कै जल जगंल जमिनको धनी छ ।नेपाल आमा विश्वकै धनाढ्य छन् । भ्रष्टाचारीले गर्दा देश कंगाल बनाए । पुराना सत्ताधारीसँग स्पष्ट खाका भिजन छैन । हामी सबै कुराका विज्ञ छौ ।लगायतका दर्जनौं प्रकारका आशा अपेक्षाको भ्रममा पार्दै यदि हामी सत्तामा पुग्यौ भने देशलाई ५ वर्ष भित्रमा विश्वले हेर्ने लायकको जनताले शुसासनको अनुभूति गर्ने लायकको बनाइन्छ । हामीसँग लक्ष्य उद्धेश्य स्पस्ट छ । हामीसँग विभिन्न विषयका विज्ञ छन ।भन्दै विभिन्न नामबाट देशका होनहार नागरिक लाई सडकमा उतारेर रगतको खोलो बगाइन्छ । हालै २०८१ भाद्र २४,२५को जेनजी विद्रोह पनि ठिक त्यसैको सेराफेरोमा थियो तर त्यसको तैयारीका लागी केही समय अगाडि देखि साम्राज्यवाद विस्तारवादका सिआइडि सुुराकी दलाइलामाका सेना र जसले छिटो भन्दा छिटो देशका संरचना जलाएर भत्काएर जसरी भएपनि धवस्त बनाउँन सकोस भन्ने प्रकारका केमिकल युक्त विषाक्त एवम् प्रज्वलित बस्तु र अपराधीहरुको समूह परिचालन ग्याङहरु त्यसका लागि ट्रेनरहरु तयार पार्ने काम भएको पछिमात्र जानकारी भयो । तिनीहरु बाटै देशै भरि एकै समयमा एउटै तरिकाबाट राष्ट्रको ऐतिहासिक संरचना अस्त व्यस्त ध्वस्त बनाइए ।यो हामी सम्पूर्ण राष्ट्रवादी नेपालीको लागि कालो दिन थियो ।इतिहासमै कालो धब्बाले पोतेको दिन बन्यो ।वास्तवमा २०८१को कथित निवार्चन पनि धोका थियो ।नेपाली जनता साच्चिकै भ्रममा परे पारियो । जनता पनि पुराना सत्ताधारी कहलाउँदा मिलेरावादी भ्रष्टाचारी अराष्ट्रियवादी तत्वहरु बाट भए गरेका कुकृत्यले आजित थिए । त्यहि मौका छोपेर झनै ठूलो खाडलमा फसाइयो र नेपाली जनता फसे । जस्को परिणाम आज देशै बर्बाद हुँदैछ ।जनताले पाउनु दुःख कष्ट पीडा भोग्दै छन । अहिले नेपाली जनताका जल्दा बल्दा समस्याहरु कस्ता छन ?
१) बजारमा कुनै पनि दैनिक उपभोग्य वस्तुहरुको कृतिम अभाव बनाइएको छ ।
२)एउटा सानो उदाहरण बाहिरबाट ल्याइने केरा बन्द गरिएको छ ।यो अत्यन्तै राम्रो पक्ष हो तर नेपालका केरा उत्पादन गर्ने किसानले कति पाउँछन ?किसानले पाउने मूल्य कति ?बजारमा उपभोक्ताले खरिद गर्ने मूल्य कति ?भन्दा किसानले पाउँने मूल्य ८०देखि सय बजारमा बिक्री मूल्य २०० देखि २५० सम्म बिचमा हुने यति धेरै रकमको अन्तरालको पैसा कहाँ जान्छ ?भन्दा फेरि पनि बिचौलिया सँग पुग्छ भने यसलाइ शुसासन भन्ने ?
३) वर्तमान सरकारले जो कोही वस्तुमा भ्याँट कर अत्यधिक वृद्धिको मार जनता माथि थुपारिएको छ । भरखरै आफैलाई लाज भयो ।जनता माथि अन्याय भयो भनेर शिक्षा स्वास्थ्यको कर हटाइयो ।यस्ता कर भ्याट दर्जनौं छन ।अर्को एउटा सानो उदाहरण गरिब जनताले ढयाडी मजदुरी हरेक शीर्षकमा पसिना बगाएर कमाएको रकम थोरै भएपनि सरकारको विश्वाँसमा बैंकमा राख्छन ।एक त ब्याजै अति न्युन छ ।त्यसैमा पनि ब्याज माथि कर यो के जात्रा हो ?यहि हो सुशासन ?
४)नेपाल भन्दा धेरै पछि पत्ता लगाइएका र धेरै कमजोर मूलुक जस्ले दैनिक आवश्यक्ताका उपभोग्य वस्तु खाद्यान्न औषधिका लागि जडिबुटी लगायतका वस्तु नेपालबाटै खरिद गर्थे । आज ती मूलुक मलेशिया कोरिया जस्ता देश कहाँ पुगे ?नेपालको हविगत कहाली लाग्दो छ ।कारण आन्दोलन संघर्ष जे जति भए तिनी सबै सम्झौतामा धोकामा पुगेर विर्सजन भए त्यसको वास्तविकता के थियो ?
१)संघर्ष,आन्दोलन युद्ध कोही पनि द्धन्दात्मक भौतिकवाद माक्र्सवाद एवम् दर्शनशास्त्रको कुनैपनि नियम बाट सन्चालित भएनन् र दर्शनशास्त्रको मार्ग दर्शन पनि अगाल्न सकेनन ।जसको परिणाम दुश्मन सँग खेलबाड भयो । दुश्मन भनेको अरिगांलको गोलो चलाए जस्तो,डुमिनी सर्पलाइ जिस्काए । जस्तो,बाघ लाई थाल बजाएर तर्साए जस्तो,हात्तीलाई सुपो देखाएर लखेटे जस्तो खेलवाड सम्झियो ।आन्दोलनको नेतृत्वले नत माकर््सवादको अध्ययन गरे । दर्शनशास्त्रका किताब घोके तर व्यवहारमा लागु गरेनन् ।त्यसकारण असफल हँुदै थोरै प्राप्त अधिकार पनि गुम्दै जान थाले ।अब जति गल्ती गरे पनि पुनः सुधारेर माक्र्सवादको नियम र दर्शनशास्त्रको दार्शनिकीकरण नै अन्तिम विकल्प हो ?
के हो त माकर््सवादी दर्शनसास्त्र र कसरी पूर्ण हुन्छ क्रान्ति
दर्शनशास्त्रको बारेमा क्रान्तिको माध्यमबाट आफनो देशलाई संसार कै अब्बल र नमूना बनाउँन सफल व्यक्तित्व महान दार्शनिक माकर््सवादका जन्मदाता एवम् अध्ययताहरुको भनाइ अनुसार
दर्शनशास्त्र भनेको सत्य तत्थ्य पत्ता लगाउँने माध्यम एबं विशिस्ट विज्ञान हो ।
१)दर्शनलाई यथार्थ नबनाइ सर्वहारा वर्गको उन्मूलन गर्न सकिन्न ।
२)ज्ञान सहितको नेतृत्वले मात्र क्रान्तिको पूर्णता गर्न सक्छ ।
३)क्रान्ति आन्दोलन संघर्ष गरेर मात्र पुग्दैन संघर्षबाट प्राप्त अधिकारलाई व्यवहारसँग जोडेर लगिएन भने क्रान्तिले पूर्णता पाउँनु भन्दा अधिकार गुम्ने खतरा हुन्छ ।
४)जहिले पनि सिद्धान्त पहिलो र दृष्टिकोण मुख्य हुनु पर्दछ ।त्यसो हुन नसके पनि सबै असफल तर्फ मोडिन्छ ।
५)क्रान्तिकारी सिद्धान्तद्धारा आलोकित हुन सकेन भने व्यवहारले अन्धकारमा छामछुम गरे सरह हुन्छ ।
६ )दशर््ानशास्त्र पहाड,उपत्यका ,विपत्ति र संघर्षबाट मात्र पैदा हुन्छ ।
व्यवहार विनाको ज्ञान,वर्ग सघर्ष बिनाको दर्शन असम्भव एवम् समयको खेर फाले जस्तै हुन्छ ।
७) जब सामन्त उत्पीडकहरुले उत्पीडितमाथि उत्पीडन थोपर्दै जान्छ । तब उत्पीडितहरुले निकासको लागि संघर्षमा उत्रदै जाने काम पहिलो हुन्छ । विश्व इतिहास लाई अध्यन गर्दा यस्तै तरिकाबाट मालेमावादको जन्म भयो । यस्तो संघर्ष मालिक र मजदुर बीच । उत्पीडक र उत्पीडितबीच ।सामन्त सर्वहारा वर्ग बीच सत्ताधारी र जनताबीच हुने गर्छ । यो अनुभब क माओले गर्नु भयो ।त्यतिबेला माओ च्याङकाइ सेक दुवै खर्तनाक मोडमा थिए र दुवैले दार्शनिकीकरण गरिहेका थिए र दुवै बचे तर माओको सान्दार रुपमा विजय भयो च्याङकाइ सेकको हार हुनु नै चीनीया जनताकोमात्र नभै विश्व सर्वहारा वर्गको जीत थियो ।
८) वास्तवमा दर्शनको जन्म हुन प्रकृति सम्बन्धी ज्ञान र समाज सम्बन्धी ज्ञानको सामान्यीकरण हुनु पर्दछ ।
अन्तमा समष्टिगत रुपमा भन्नु पर्दा नेपालमा दर्शनशास्त्र एवम् दार्शनिकीकरण बिनाका संघर्षहरु भए । संघर्षबाट प्राप्त उपलब्धिहरु व्यवहार देखि टाढा रहे । माथि उल्लेखित गुरुहरुले गरेको अनुभव र नेपाली आन्दोलन युद्ध संघर्ष कुनैसँग जोडिएनन् ।संघर्षको उठान र बैठान नै दर्शनशास्त्र सँग मेल खाएन । त्यसै कारण क्रान्तिले धोका खायो ।अब उक्त बाटोबाट अगाडि बढनका लागि फेरी नयाँ तरिकाबाट नयाँ प्रकारको संर्घष गरेर उक्त संघर्षलाई व्यवहारसँग जोडेर र्दाशंनिकीकरणमा उतार्दै अघि बढन सके मात्र देशले निकास पाउँन सक्छ ?यो भन्दा अर्को विकल्प हुन सक्दैन ।अहिले यी विषय वस्तु किन उठाइयो भन्दा नेपालमा २००७ देखि २०६२,२०६३ सम्मका आन्दोलन संर्घष युद्धबाट प्राप्त उपलब्धिहरु माथि उल्लेखित महान गुरुहरुले अनुभव अनुसन्धान गरेका कुनै कुरा सँग मेल खाएनन् ।जसको परिणाम आज क्रान्तिकारीहरु वर्गीय मुक्तिमा लाग्ने सबै लाई वर्गदुश्मनले पूर्णतया लखेटदै छ । क्रान्तिकारीहरु गुहार पुकार गर्दै एकताको भजन गाउँदै छन । यसो हुनुमा विगत २००७देखि २०६३ सम्मका कुनै पनि आन्दोलन संघर्ष युद्धहरु टुंगोमा नपुग्दै सम्झौतामा तुहाउँनु दुश्मनको चगुंलमा फसेर क्रान्तिका सम्पदा दुश्मनको कब्जामा बुझाएर आफु नागाें हुनु नै भूल थियो । त्यहिनेर नेतृत्व चुकेकै कारण आज निस्कृय दुश्मन सर्कृय भएर अगाडि बढ्दा आज मर्नु न बाँच्नुको अवस्था श्रृजना भयो ।त्यसकारण अब माकर््सवादी दर्शनशास्त्रको मार्ग हँुदै वैज्ञानिक समाजवाद एवम् दार्शनिकीकरणको ससक्त अनिवार्य आवश्यक्ता र विकल्पको रुपमा खडा हुन पुग्यो ।

