काठमाण्डौ । संयुक्त राज्य अमेरिका र भारतकाबीचमा व्यापार सझौतामा सहमति भएको अन्तर्राष्ट्रिय समाचार माध्यमहरुले जनाएका छन् । सहमति अनुसार अमरिकाले लगाउँदै आएको २५ प्रतिशत भन्सार घटेर १८ प्रतिशतमा झर्ने भएको र भारतले अमेरिकी सामानमा लगाउँदै आएको ट्यारिफ शून्यमा झार्ने छ र रुससँग तेल किन्ने कार्य पनि बन्द गर्नेछ । ट्रम्पको आयात शुल्कको विश्वव्यापी प्रभाव, मारमा अमेरिकी साझेदारदेखि साना देशसम्म परेका छन् । भारतले अब भेनेजुयलाबाट तेल खरिद गर्न सक्ने पनि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जनाएका छन् ।
मोदीले अमेरिकाबाट ५०० अर्ब डलर बराबरका ऊर्जा, प्रविधि, कृषि र कोइला उत्पादनसहितका सामग्री खरिद गर्ने प्रतिबद्धता जनाएका छन् ।
अमेरिकाले भारतमाथि गत अगस्टमा ५० प्रतिशत ट्यारिफ लगाएपछि दुई देशबीचको व्यापारिक सम्बन्धमा तिक्तता उत्पन्न भएको थियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो देशले गर्न चाहेको जस्तो नभएमा व्यापारमा भन्सार लगाउँदै आएका छन् ।
भारत र अमेरिकाबीच व्यापार सम्झौतामा सहमति
Comments

