२ केजी ९०० ग्राम चाँदी सहित नियन्त्रणमा

 

काठमाण्डौ । प्रहरीले काठमाडौं जिल्ला चन्द्रागिरी नगरपालिका २ नागढुङ्गा स्थित चेक प्वाइन्टबाट २ केजी ९०० ग्राम चाँदी सहित आसु श्रावलाई नियन्त्रणमा लिएको छ । बिरगंजबाट काठमाडौंतर्फ आउँदै गरेको बा प्र.०१–००६ ख ५५२९ नम्बरको यात्रु वाहक बसलाई प्रहरी प्रभाग नागढुङ्गा तथा लागु औषध नियन्त्रण ब्यूरो, शाखा कार्यालय नागढुङ्गा समेतको संयुक्त प्रहरी टोलीले चेकजाँच गरी नियन्त्रणमा लिएको हो । प्रहरीले सो बसमा यात्रा गरी आएका जिल्ला पर्सा, फेटा गाउँपालिका ६ बस्ने वर्ष १७ को आशु श्रावले निजको साथमा रहेको कालो झोला भित्र सेतो प्लास्टिकले बेरी लुकाई छिपाई गरि ल्याएको अवस्थामा फेला पारेको हो। रु१२,१४,५२० अक्षरेपि बाह्र लाख चौध हजार पाँच सय बीस० रुपैयाँ बराबरको रहेको प्रहरीले जनाएको छ । नियन्त्रणमा लिएका व्यक्तिलाई प्रहरीले २ केजी ९०० ग्राम भएको चाँदीका दाना सहित त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचर काठमाडौंमा बुझाइएको जानकारी दिएको छ । ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित