काठमाण्डौ । सरकारले जंगली बँदेललाई एक वर्षकालागि कृषि हानिकारक वन्यजन्तु घोषणा गरेको छ । बँदेलले कृषि बालीमा हानिनोक्सानी पु¥याएको भन्दै मन्त्रालयले हानिकारक वन्यजन्तुमा सूचीकृत गरेको थियो ।
वन तथा वातावरण मन्त्रालयले २०८२ फागुन ११ गते राजपत्रमा सूचना जारी गर्दै पुनः हानिकारक वन्यजन्तु घोषणा गरेको हो । यो घोषणासँगै अब खेतबारीबाट लखेट्दा बँदेल मरे किसानलाई कानुनी कारबाही हुनेछैन । मन्त्रालयले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण नियमावली, २०३० को नियम ३६ ले दिएको अधिकार प्रयोग गरी हानिकारक वन्यजन्तु घोषणा गरेको उल्लेख गरेको छ ।
नेपाल राज्यभित्रका निजी खेत, खला, बारीमा आउने सानो जातको बँदेल बाहेकको जंगली बँदेललाई यो सूचना नेपाल राजपत्रमा प्रकाशन भएको मितिले एक वर्षसम्मका लागि कृषि हानिकारक वन्यजन्तु घोषणा गरी,’ राजपत्रमा भनिएको छ, ’त्यस्ता जंगली बँदेलले निजी खेत, खला, बारीमा आई क्षति Þपु¥याउने अवस्था भएमा त्यस्तो खेत, खला, बारीका धनीले देहायको शर्तको अधीनमा रही बिना अनुज्ञापत्र धपाउन, लखेट्न, पक्रन वा मार्न सक्नेछन् । सो बंदेललाई पक्रिएमा सम्बीन्धत राष्ट्रिय निकुञ्ज कार्यालय वन्यजन्तु आरक्ष कार्यालय संरक्षण क्षेत्र कार्यालय डिभिजन वन कार्यालय वा यस्ता कार्यालयको मातहतको नजिकको कार्यालयमा बुझाउनु पर्ने र यसको सूचना सम्बन्धित स्थानीय तहको वडा कार्यालय समेतलाई दिनु पर्ने मन्त्रालयको सूचनामा जनाइएको छ ।

